के अबको ८ वर्षमा इन्टरनेटले धान्ला त?

इन्टरनेट भएका कारण हामीलाई कुनै पनि कुराका बारेमा जानकारी पाउन धेरै सजिलो भएको छ। यही गतिमा इन्टरनेटको डाटा डाउनलोड भए र नयाँ अनुसन्धानले बाटो नपहिल्याए अबको ८ वर्षमा इन्टरनेटले धान्न नसक्ने तर्क विज्ञहरूले गरेका छन्। बेलायतबाट प्रकाशित हुने डेलि मेलले यस विषयमा लामो सामाग्री प्रकाशित गरेको छ।
 
यसको मुख्य कारणहरू भनेको छिटो डाउनलोडको माग र हाम्रो सुपर कम्प्यूटरको इन्टरनेटमा पर्ने दबाव हो। ल्यापटप, स्मार्ट फोन तथा ट्याब्लेटहरुसम्म डेटा लैजाने अप्टिकल फाइबरहरुको काम गर्ने क्षमता चाँडै सिमित हुनसक्ने  र इन्टरनेट सेवा ठप्प हुन सक्ने चेतावनी इन्जिनियरहरु र टेलिकम कम्पनीहरुले दिईसकेका छन्।

0 comments

Write Down Your Responses

Powered by Blogger.