भग्नावसेसबाट दुई करोड ४८ लाख फेला (भिडियो)

बैक अफ काठमाडौंको बालाजूस्थित औद्योगिक क्षेत्रभित्रको शाखा भूकम्पका कारण पुरै भग्नावशेषमा परिणत भएको थियो। उक्त भग्नावेशषमा पैसा पुरिएको जानकारी सोमबारमात्रै बैकले सुरक्षा निकायलाई जानकारी दिएको थियो।
भग्नावशेष व्यवस्थापन संयुक्त कार्यालयको तर्फबाट सशस्त्र प्रहरी उपत्यका कमाण्डका डीआईजी दुर्गाबहादुर कुँवरको नेतृत्वमा सुरक्षा निकाय परिचालित भएको थियो।
सशस्त्र, नेपाली सेनाको टोलीले पुरिएको भवनको भित्ता काट्दै भित्र छिरेर सेफबाट पैसा निकालेको थियो। बैकका शाखा प्रमुख विम्मी वानुले वैकको भग्नावेशेषमा पुरिएको सबै पैसा फिर्ता ल्याउन सफल भएको  जानकारी दिइन्।
‘सशस्त्र प्रहरी र सेनाको निक्कै ठूलो साहसलेमात्र बैकको पैसा निकाल्न संभव भएको छ’ वानुले भनिन्,–‘निक्कै क्रिटिकल कण्डिसनमा फसेको पैसा यसरी फिर्ता हुुनु निक्कै खुशीको कुरा हो।’
 टोलीले काठमाडौंको वालाजु औद्योगिक क्षेत्र भित्र रहेको बैंक अफ काठमाडौंको दुई करोड ४८ लाख ८५ हजार ४ सय एक रुपैयाँ भूकम्पले भत्किएको भग्नावसेसबाट निकालेको हाे। 
त्यसवेला उल्लखित नेपाली रुपैया सँगै अमेरीकी डलर दुई हजार ८ सय ७९ तथा थाइ भाट ७१ समेत फेला पारिएको सशस्त्र प्रहरीले जनाएको छ।
एपीएफ टोलीले भित्र पसेपछि पैसा राख्ने सेफ तथा लकरहरु समेत फेला पारेपछि त्यहाँसम्म जाने सुरक्षीत बाटो बनाई आवश्यक सो बैंकको कर्मचारी तथा अन्य टोलीहरुलाई समेत त्यस ठाउँसम्म पुर्याएको थियो। त्यसपछि उक्त एपीएफ टोलीले सबैको रोहवरमा सजगताका साथ सेफ तथा लकर काटेर उक्त रकम निकालेको थियो।

0 comments

Write Down Your Responses

Powered by Blogger.