शुल्क नबुझाएको भन्दै दुई विद्यार्थीलाई स्कुलमै ‘बन्धक’ बनाइयो

काठमाडौ । महाभूकम्पको विपत्तिमा सवै स्कुल बन्द रहँदा पनि बालाजुको एक स्कुलले भने दुई विद्यार्थीलाई बन्धकजस्तै बनाएर राखेको छ ।
होलीभिजन स्कुलका प्रिन्सिपल किरण प्रधानले विद्यार्थीका आफन्तहरु लिन जाँदासमेत नदिएर बन्धक बनाएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौमा उजुरी परेको छ ।
प्रशासनमा दिइएको जानकारी अनुसार स्कलमा कक्षा ६ मा अध्ययनरत बिजेश कुँवर र कक्षा ५ मा अध्ययनरत बिजिशा कुँवर बन्धक शैलीमा राखिएको राजधानी दैनिकमा खबर छ । दाजु-बहिनी दुई विद्यार्थीलाई शुल्क नबुझाएको भन्दै स्कुलले बन्धक बनाएको हो । बाबु-आमाले स्कुल फी नतिरिदिएको भन्दै होली भिजन स्कुलका प्रिन्सिपल प्रधानले ती विद्यार्थीलाई बन्धक बनाएको बताइए पनि विद्यार्थीका ठूलीआमा शोभा घिमिरेले ‘भएको पैसा लिनोस्, अहिले यो विपत्तिमा बच्चा पठाइदिनोस्’ भन्दा पनि नपठाई भौतिक क्षति हुन सक्छ भन्दै धम्की दिएकाले प्रशासन कार्यलयमा उजुरी दिन बाध्य भएको बताइन् ।
आर्थिक अवस्था बिगि्रएपछि सात महिनायता उनीहरुका बाबु-आमाको अत्तोपत्तो छैन । तर, स्कुलले अहिलेसम्मको बिल भुक्तानी नगरेसम्म दुबै बच्चालाई नछाड्ने अडान राखेको छ ।
५/७ हजार भए तिरेरै ल्याउँछु भनेर गएको तर स्कुलले एक लाख माग गरेको बच्चाकी ठूली आमा घिमिरेले बताइन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.