एकै घरमा गयो २८ जनाको ज्यान

शोभाभगवतीनजिकै समन्त शाक्यको ३० वर्ष पुरानो पाँचतले माटाको घर सग्लै उभिएको छ ।  त्यससँगै २३ वर्षअघि बनेको ६ तले पक्की घर हेर्दाहेर्दै ढलेर धुलोपिठो भयो । माटामो घरमा रहेका चारजना घरधनी सकुशल रहे तर घरमा पसल चलाउने र भाडामा बस्ने २८ जना क्षणभरमै सदाका लागि बिदा भए ।
भुइँतलादेखि माथिका दुई तलामा जिमखाना, हार्डवेर, किराना पसल, पार्टी भेन्यु, कपडा पसल र होटर थिए भने माथिका तीन तलामा मानिस भाडामा बसेका थिए । समन्तका अनुसार भूकम्प आउँदा घरमा करि ५० जना थिए । वैशाख १२ गते महाभूकम्पले शोभाभगवती पुलको पश्चिमदक्षिणमा रहेको ६ तले घर ध्वस्त भएको हो । अन्नपूर्णपोस्ट् दैनिकबाट  
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.