एनसेलः नेपालकै लागि की लुट्न कै लागि ? राहतको नाममा एनसेलले गरेको कालो कर्तुत !!

वैशाख– भूकम्पपीडितलाइ करोडौ लगानी गरेको प्रचारमा जुटेको एनसेलको वास्तविक धन्दा बेग्लै फेला परेको छ । विपद्को बेला आवरणमा पीडितहरुलाई सहयोग गरेको प्रचार गर्ने तर राहतको नाममा दूरसञ्चारसम्बन्धि उपकरण भित्र्याउने एनसेलको योजना रोकिएको छ । एनसेलले दूरसञ्चारसम्बन्धि उपकरणमा रेडक्रसको स्टिकर टाँसेर नेपाल भित्र्याउन लाग्दा भन्सारले रोेकेको छ ।
कान्तिपुर दैनिकमा प्रकाशित समाचारअनुसार चिनियाँ रेडक्रसका राहत सामग्रीसँग सम्बन्धित उपकरणहरुको कागजातसमेत नभएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारले रोकेको हो । रेडक्रसले पठाएका उद्धार सामग्रीमा एनसेलको सामानसमेत भेटियाभन्ने सुनेको छु– राजस्व सचिव नवराज भण्डारीले भने, ‘ उनीहरुको राहत सामग्री हो, भन्सार छुट पाउँ भन्न पनि आएका छैनन्, सामान पनि लगेका छैनन् । भन्सार विभागका एक अधिकारीकाअनुसार रोकिएका ती सामानमा कार्टुनभन्दा केही बढि १३ वटा प्याकेट छन । ती सबैमा रेडक्रसको स्टिकर लगाइएका छन । एनसेलका ती सामग्री चाइला साउदर्न विमानबाट शनिबार ल्याइएका हुन् । सामासँग आवश्यक कागजात पनि नभएको भन्सारका अधिकारीको दाबी छ । सरकारले भूकम्प आएलगत्तै राहत सामग्रीमा भन्सार शुल्क नलाग्ने व्यवस्था गरेको छ । उक्त समयमा ती सामग्री छुटेको भए भन्सारको राजश्व छलिने थियो । एनसेलका अधिकारीहरुले भने आफूहरुले आयात गरेको वस्तुमा रेडक्रसको स्टिकर लागेको विषयमा आश्चर्य प्रकट गरेका छन् । एकातिर भूकम्पपीडितका लागि राहतको घोषणा गर्ने अनि सो रकम बराबरको आम्दानी चाहिँ भन्सार छलेर कमाउने योजना त एनसेलको हैन ? प्रश्न उब्जेको छ ।  
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.