तपाइको आजको राशिफल

वि.सं.२०७२ साल वैशाख २३ गते। बुधबार। शकसंवत् १९३७। इश्वी सन् २०१५ मे ६ तारिख। नेपाल संवत् ११३५ वछलागा। कीलक संवत्सर। उत्तरायण। वसन्त ऋतु। ज्येष्ठ कृष्णपक्ष। तिथि– द्वितीया, बिहान ९:३६ बजेदेखि तृतीया। नक्षत्र– अनुराधा, दिउँसो १२:२४ बजेपछि ज्येष्ठा। योग– परिघ, बेलुकी ९:३८ बजेउप्रान्त शिव। करण– गर, बिहान ९:३६ बजेदेखि वणिज, बेलुकी ९:२९ बजेउप्रान्त भद्रा। आनन्दादिमा सौम्य योग। चन्द्रराशि– वृश्चिक। काठमाडौंमा सूर्योदय– ५:२३ बजे, सूर्यास्त– ६:३९ बजे र दिनमान ३३ घडी १० पला।

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesनयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आजको प्रयत्न निष्फल जस्तै होला। बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ। प्राप्त न्यून उपलब्धिले मन बुझाउन नसकिएला। आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusविभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान पाइने समय छ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। रमाइलो यात्राको समेत मौका छ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiअनावश्यक दौडधुपमा समय बित्नेछ। तपाईंका विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्। नगरेका गल्तीको सजाय भोग्नुपर्ला। सरकारी कडिकडाउको सिकार भइनेछ। थिचोमिचो गर्नेहरूले पनि सताउनेछन्। चोरी वा ठगीमा परिने समय छ। आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला। फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerप्रयत्न गरेका काम बिस्तारै भए पनि सम्पादन हुनेछन्। ढिलै भए पनि आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। र, उपलब्धि राम्रै पाइनेछ। पढाइलेखाइमा सामान्य प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला। व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ। सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoढिलासुस्तीले काम बिग्रन सक्छ। हातमा आएको मौका गुम्ने देखिन्छ, सचेत रहनुहोला। स्थायी सम्पत्तिमा केही विवाद आउला। परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउला। तापनि, बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ। महत्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन्। पशु, भूमि र मातृधनबाट सामान्य लाभ मिल्नेछ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoकाममा रोकावट र कममात्र फाइदा हुने समय छ। सहयोगीहरूले हात झिक्नाले अलि अप्ठ्यारोमा परिनेछ। आर्जित धन तत्काल खर्च हुन सक्छ। पुरानो समस्याले पनि झमेला आइलाग्ने योग छ। दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। काममा चुनौती देखिएलान्। आफ्नै प्रयासले गरेका काममा भने लाभ मिल्नेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraआजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन्। व्यावसायिक काममा अवरोध आउने देखिन्छ। खर्चको मात्रा बढ्ने र आर्थिक अभावले सताउने योग छ। बोलीको गलत अर्थ लाग्ने वा तपाईंको अभिव्यक्तिबाट विवाद उत्पन्न हुने सम्भावना छ, मान–सम्मानमा आघात पुग्न सक्छ, सचेत रहनुहोला। विगतमा गरिएको श्रमबाट भने राम्रै लाभ होला।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioपारिवारिक जमघटमा मन रमाउनेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। प्रतिष्ठित काम गर्ने मौका छ। पठनपाठनमा प्रगति हुनेछ। रोकिएका काम बन्ने र नयाँ काम पाइने योग छ। तर, सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ। भेटघाटमा अलमलिनाले कामलाई बाधा पुग्नेछ। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusकेही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा थप लगानी बढाउन सकिनेछ। वैदेशिक कामकाजमा फाइदा होला। मनको डर उत्साहमा रूपान्तरित हुने योग छ। टाढाको यात्रा गर्ने मौका छ। दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ। पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ। अनुकूल स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornआम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पढाइमा प्रगति हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusकामको सन्दर्भमा शक्तिशाली व्यक्तित्वहरूसँग प्रतिस्पर्धा हुन सक्छ। नोकरी र राजनीतिमा लाग्नेहरूलाई पनि समय चुनौतीपूर्ण नै देखिन्छ। अवसरका लागि जोखिमपूर्ण वा तत्काल लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। अरूको विश्वास जिते पनि आफन्तबाट धोका पाइएला। मानसम्मानमा आघात र अनावश्यक ठाउँमा खर्च हुने योग छ, सचेत रहनुहोला।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesसामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। पढाइमा पनि राम्रै प्रगति हुनेछ। मंगलमय कृत्य सम्पादन गर्ने वा तीर्थाटनको योग छ। भाग्योन्नतिको समय छ। परिश्रम परे पनि काममा सफलता मिल्नेछ।

0 comments

Write Down Your Responses

Powered by Blogger.