डिभी चिट्ठाको नतिजा आज आउँदै

काठमाडौं : अमेरिकन सरकारले इ डिभी लोटरी २०१६ को रिजल्ट भोलि मंगलबार सार्वजनिक गर्दैछ ।

डाभर्सिटी भिसा प्रोग्रामअन्तरगत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरुले सन् २०१४ अक्टोबर १ देखि नोभेम्बर ३ सम्म भरेको डिभी लोटरीको रिजल्ट मंगलबार निस्कने भएको हो ।

नेपालस्थित अमेरिकन दूतावासले सोमबार ट्वीट गर्दै डिभी प्रोग्रामबाट सन् २०१६ मा अमेरिका जान चहानेले भरेको आवेदनको रिजल्ट मंगलबार सार्वजनिक गर्ने जानकारी गराएको हो ।

दूतावासले डिभी भरेकाहरुलाई आफ्नो रिजल्ट डिभीलोटरी डट स्टेट डट जिओभीमा हेर्न आग्रह गरेको छ ।  

रिजल्ट हेर्न तलको लिंकमा क्लिक गर्नुहोला !!

0 comments

Write Down Your Responses

Powered by Blogger.