लगेजभित्र भेटिए ८ बर्षीय बालक

महिलामाथि शंका लागि प्रहरीले अनुसन्धान थाल्दा लगेजबाट बालक पनि भेटिएका हुन् । बालकको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।
उनी बालकलाई लगेजमा राखी आइभेरी कोष्ट हुँदै मोरोक्को सिमाना ‘इ–१ ताराजाल’ नाकाबाट स्पेन प्रवेश ल्याउने प्रयास गरिएको थियो । बालकका पिता स्पेनमा नै रहेको बताइएको छ ।
स्पेनमा ज्यान जोखिममा राख्दै आउछन् किन ?
अफ्रिकी मुलका मुलुकहरुबाट आफ्नो ज्यान जोखिममा नै राखी हजारौं मानिसहरु अवैधानिक रुपमा स्पेन प्रवेश गर्ने गर्छन् । करिब ३ बर्ष स्पेनमा बसेपछि बैधानिक रुपमा बस्न रेसिडेन्सी बन्ने हुनाले उनीहरुको स्पेन मोह बढेको हो ।
नगरपालिकामा ३ बर्षदेखि नै स्पेनमा बसिरहेको दर्ता प्रमाण, यहाँको भाषा सिकीसकेको प्रमाण (सर्टीपिकेट) र कामको कन्ट्राक पेपर, पुलिस रिपोर्ट लगायतका कागजी प्रकिया पुर्याएपछि लगभग पेपर बन्ने निश्चित जस्तै हुन्छ ।
तीन बर्षको अबधीमा अबैधानिक रुपमा रहँदै आउने क्रममा स्थानीय पुलिसले समाते पनि नगरपालिकामा दर्ता गरेको कागज (पात्रनोमेन्तो) देखाएपछि कसैलाई छोडिदिने वा कसैलाई भने पुलिसथानामा गएर फिङ्गर लिए पछि पुन: छोड्ने गर्छ ।
स्पेनले कुनै अपराधिक कार्यमा नलागेको वा पुराना रेकर्डहरु (पुलिस हिस्ट्री) राम्रो भेटिएमा डिपोर्ट गरेको पाईदैन । अवैधानिक रुपमा आएका आप्रबासीहरु यता छिरेपछि धेरै नै सुरक्षित हुने हुदा मोह बढेको हो । कार्ड बनेपछि युरोपियन मुलुकहरुको ढोका खुल्ने भएकोले पनि स्पेनमा आएर संघर्ष गर्ने गरेका छन् ।
स्पेन प्रवेश गरेपछि पनि कतिपयले अवैधानिक रुपमा पर्यटकीय ठाउँहरुमा अस्थायी रुपमा ( केहि घण्टा) बस्दै लुकेर सामान बेच्दै बाटोबाटोमा ब्यापार गरेको भेटिन्छ ।
जोखिमपूर्ण डुङ्गा यात्राबाट कतिपय पर्खाल नाघेर स्पेन प्रवेश गर्दा बर्षनी नाकामा सयौं समातिएको खबर सुनिदै आएको भए पनि लगेजभित्र बालक भेटिएको भने यो पहिलो घटना हो ।
नेपालीसँगै पाकिस्तानी, भारतीयको बसाई पनि बाक्लो
स्पेनले आप्रबासीहरुलाई नियम फितलो गरेका कारण दक्षिण एसियाली मुलुकहरुबाट यता आउने क्रम दिनानु दिन बाक्लिदै गएको छ। यकिन तथ्याङ्क नभए पनि स्पेनमा नेपाली र भारतीयहरुको तुलना पाकिस्तानीहरुको संख्या बढी रहेको पाइन्छ । बैधानिक र अबैधानिक गरी करिब १० हजार नेपालीहरुले स्पेनमा बसोबास गर्ने अनुमान छ।
अफ्रिकी मुलूकहरुका मानिसहरु जस्तै ज्यान नै जोखिममा पारी स्पेनमा प्रबेश नगरे पनि  नेपालीसहित दक्षिण एसियाली मुलुकहरुका मानिसहरु अन्य युरोपियन देशको भिसा सकिएपछि स्पेन रोज्ने गरेका छन् । अन्य युरोपियन मुलुकबाट अबैधानिक बाटो हुँदै स्पेन प्रबेश गर्ने बढी मात्रामा भेटिएको छ ।
कमाई राम्रो हुने मुलुकमा पहिले कमाउने र अन्त्यमा भिसा थप गर्न सम्भब नदेखिएपछि पोर्चुगलसहित स्पेनलाई रोज्ने गरेको पाइन्छ । प्राय : पढ्न भनेर अन्य मुलुक आएका तर, पढाई बिचैमा छोडी काममा लाग्दा वा आफू बसेको देशको नियम परिवर्तनले भिसा थप्न सम्भव नदेखेपछि स्पेनको गन्तब्य बनाएकाहरु संख्या  बढी पाइन्छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.