घर भत्काउँदै हुनुहुन्छ ? फोटो खिच्न नबिर्सनोस् !

काठमाडौं । भूकम्पले गर्दा घर आधाउधि भत्किएर त्यसलाई पूरै भत्काउने तयारीमा हुनुहुन्छ ? त्यसो हो भने फोटो खिचाएरमात्रै आफ्नो घर भत्काउनुहोला ।
क्षति भएको घर वरिपरिको स्थान र पूर्ण संरचना देखिने गरी घरको फोटोहरु खिचेर मात्रै घर भत्काउन काठमाडौ उपत्यका विकाश प्राधिकरणले आग्रह गरेको छ ।
प्राधिकरणका विकास आयुक्तहरुको संयोजकत्वमा गृह, संघीय मामिला तथा स्थानीय विकास, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयका प्रतिनिधि रहेको समितिको बैठकले यस्तो जानकारी दिएर घर भत्काउन आहृवान गरेको हो ।
भूकम्पले क्षति पुर्‍याएको निजी घर भत्काउनुअघि फोटोसहित घरधनी वा अन्य सरोकारवालाको नाम, ठेगाना र सम्पर्क नम्बर, घरको अञ्दाजी क्षेत्रफल र उचाइ तथा घरको बनावट उल्लेख गरी वडा कार्यालयमा दर्ता गराउन प्राधिकरणले आग्रह गरेको छ ।
भत्काउनुपर्ने घरहरुले आफ्नो परिवार लगायत अन्य सरोकारवालाहरुलाई कुनै पनि क्षति नहुने गरी सुरक्षित तवरले भत्काउन पनि प्राधिकरण आग्रह गरेको छ ।
घर भत्काइसकेपछि पाइने राहतका लागि प्रमाण नमेटियोस् भने प्राधीकरणले घरको फोटो खिचेर मात्रै भत्काउन भूकम्प पीडितलाई आग्रह गरेको हो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.