तपाइको आजको राशिफल

वि.सं.२०७२ साल वैशाख २७ गते। आइतबार। शकसंवत् १९३७। इश्वी सन् २०१५ मे १० तारिख। नेपाल संवत् ११३५ वछलागा। कीलक संवत्सर। उत्तरायण। वसन्त ऋतु। ज्येष्ठ कृष्णपक्ष। तिथि– षष्ठी, प्रात: ५:२६ बजेदेखि सप्तमी, रात्रि ३:२९ बजेउप्रान्त अष्टमी। नक्षत्र– उत्तराषाढा, बिहान १०:५३ बजेपछि श्रवण। योग– शुभ, दिउँसो १:२८ बजेउप्रान्त शुक्ल। करण– वणिज, प्रात: ५:२६ बजेदेखि भद्रा, अपराह्न ४:३० बजेपछि वव, रात्रि ३:२९ बजेउप्रान्त वालव। आनन्दादिमा मुसल योग। चन्द्रराशि– मकर। काठमाडौंमा सूर्योदय– ५:२० बजे, सूर्यास्त– ६:४२ बजे र दिनमान ३३ घडी २३ पला। प्रात: ५:२६ बजेसम्म सर्वार्थसिद्धि योग। त्रिपुष्कर योग प्रात: ५:२६—१०ः५३ बजेसम्म। दिउँसो १२:२४ बजे अभिजित् नक्षत्र समाप्त।

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesसामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। प्रतिष्ठित काम गर्ने मौका छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट प्रशस्त लाभ मिल्नेछ। अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ। तर, प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले भने धोका दिन सक्छन्। मान्यजनहरूको पनि पूर्ण सहयोग नमिल्न सक्छ। पढाइलेखाइमा प्रगति हुनेछ। व्यापारमा अलि कम फाइदा होला।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusसमुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। धेरैले तपाईंका कामको तारिफ गर्नेछन्। कीर्तिमानी काम गर्ने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सहयोगीहरूले साथ दिनेछन्। आँटेका काम पनि सजिलै बन्नेछन्।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiअप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन्। आस मारेको फल पुनः प्राप्त हुन सक्छ। गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ। कठिन चुनौती सामना गर्नुपर्ला।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerव्यापार–व्यवसायमा विशेष लाभ हुनेछ। व्यावसायिक यात्रा सम्भावना छ। मानसम्मान पनि पाइनेछ। दाम्पत्य सुखमा रमाउने समय छ। प्रेमको बन्धन कसिने बेला छ। नयाँ ज्ञान सिक्ने मौका छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइएला। पठनपाठनमा पनि राम्रै प्रगति हुने समय छ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoव्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ। दैनिक काममा राम्रै फाइदा होला। प्रशस्त धन आर्जन र सञ्चय गर्न सकिनेछ। तर, अधिकारका लागि प्रतिस्पर्धा गर्नुपर्ला। केही चुनौती आइलाग्न सक्छन्। तापनि, प्रयत्न गर्दा फाइदा लिन सकिनेछ। यात्रामा केही लाभ होला। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoअप्रिय समाचारले खिन्नता बढ्न सक्छ। महत्वपूर्ण काम र पढाइलेखाइमा पनि त्यति ध्यान दिन नसकिएला। केही कमजोरी अनुभूति हुनेछ। खानपानको असावधानीले स्वास्थ्य समेत कमजोर बन्न सक्छ। पारिवारिक असमझदारीले विलम्ब हुन सक्छ। प्रयत्न गर्दा बिस्तारै आँटेका काम भने बन्नेछन्। सन्तान वा अनुयायीको सल्लाह, सहयोगले फाइदा होला।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraपरिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ। भूमि तथा मातृधनबाट लाभ लिने समय छ। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ। महत्वाकांक्षी योजना फलीभूत होलान्। काममा मातापिताको सहयोग प्राप्त होला। कृषि–चौपायाबाट लाभ मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ। स्थायी सम्पत्ति जोड्ने समय छ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioउद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ। सहयोगीहरूले हात झिक्नाले कामको चाप बढ्नेछ। आर्जित धनमध्ये केही अंश खर्च गर्नुपर्ला। पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ। पारिवारिक समझदारी कायम राख्न प्रयत्न गर्नुपर्ने समय छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। काममा चुनौती देखिए पनि प्रतिस्पर्धापछि राम्रै लाभ मिल्नेछ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusविभिन्न अवसर पाइनेछ। तर, प्रतिस्पर्धामा समय बित्नेछ। योजनाअनुसार बेलैमा काम सम्पादन गर्न नसकिएला। समयमा निर्णय नलिनाले पनि अवसर फुत्कन सक्छ। सहयोगी वा हितैसी जनले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्नेछन्। अलि द्विविधामा परिएला। निर्णायक क्षमता कमजोर बन्नेछ । धैर्यसाथ निरन्तरको प्रयत्नले मात्र फाइदा हुनेछ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornपारिवारिक भेटघाटको समय छ। तर, भेटघाटमा अलमलिनाले कामलाई बाधा पुग्नेछ। ठूलै फाइदाको आश्वासन पनि पाइनेछ। तर, यथार्थमा लाभ भने कमै मिल्नेछ। उपहारका नाउँमा बिग्रेको वस्तु हातलागी होला। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। तर, पेटको खराबीले सताउन सक्छ। सहयोगीहरूबाट पनि अलि धोका पाइने सम्भावना छ, सचेत रहनुहोला।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusकेही मात्रामा खर्च बढ्नेछ। तर दिगो फाइदा दिने काममा लगानी गर्ने मौका छ। चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ र बिस्तारै फाइदा समेत मिल्नेछ। छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ। अलि प्रतिस्पर्धा गर्नुपरे पनि अन्ततः फाइदा हुनेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। अनुकूल स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesआम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ। समय उत्साहवर्द्धक रहला। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ।

0 comments

Write Down Your Responses

Powered by Blogger.