राउटेको घर बनाउन नसक्नेले ठूला कुरा नगरे हुन्छ

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले डेढ सय राउटेलाई घर बनाउने नसक्ने सरकारले झण्डै ५ लाख भूकम्प पीडितको घर बनाउँछ भनेर विश्वास गर्न नसकिने बताएका छन् ।
व्यवस्थापिका संसदको शनिबारको बैठकमा केसीले दलहरुप्रति जनतामा घृणा बढेको बताए । उनले भने- जनताले भूकम्प गएका बेला यो भूकम्पमा एकजना पनि मन्त्री परेनन्, ६०१ सभासदमध्ये कोही पनि परेनन् भने ।’
सरकारले अहिले जे घोषणा गरेको कार्यान्वयन गर्न सकेमात्र पनि हुने भन्दै सभासद केसीले थपे -‘चार वर्षमा डेढ सय राउटेलाई घर बनाउन नसक्नेले लाखौं घर बनाउँछु भन्दा कसले विश्वास गर्छ ?’
वर्षायाम सुरु हुन लागेको भन्दै केसीले भूकम्प प्रभावितहरुलाई तत्काल जस्ता पाता उपलब्ध गराउनु पर्ने बताए । उनले- ‘ठूला कुरा नगरौं, जनतालाई जस्ता पाता दिऔं ।’
प्रचण्डमाथि कटाक्ष
एमाओवादी अध्यक्ष प्रचण्डले राहत तथा उद्धार प्रभावकारी नभएको भन्दै सरकारको आलोचना गरेकोप्रति कटाक्ष गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले हिजो आफूले किन सिन्को भाँच्न सक्नुभएन भनेर प्रश्न गरे ।
‘पूर्वप्रधानमन्त्रीज्यूले हिजो सिन्को भाँच्नुपर्दैनथ्यो ? संविधान बनाउनुपर्दैनथ्यो ?’ केसीले भने-‘इतिहासले सबै राजनीतिक पार्टीहरुको योग्यता, चरित्र सबै उदांगो पारिसकेको छ ।’
सुन र लागूऔषध पनि आयो कि ?
राहतका नाममा सुन र लागू औषध तस्करी हुन सक्ने भन्दै केसीले सरकारलाई सचेत गराए । केसीले तत्काल संविधान बनाउन नसक्ने हो भने मुलुकको अवस्था थाइल्याण्डको जस्तो हुन सक्ने र लोकतन्त्र एवं सार्वभौम सत्ता खतरामा पर्न सक्ने चेतावनीसमेत दिए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.