भारतको १३ उद्दार टोलीले नेपाल छाड्यो

२३ चैत, काठमाडौं । विनाशकारी भूकम्पमा परेकाहरुको खोजी तथा उद्दारका लागि आएको भारतको १३ बटा टोलीले नेपाल छाडेको छ ।
गृह मन्त्रालय स्रोतका अनुसार बुधबारसम्ममा ४२ बटा टीमले नेपाल छाडेको छ । नेपाल छाड्ने टोलीमा १३ बटा भारतका छन् । यस्तै चीनका दुई टीम पनि नेपाल छाडेर स्वेदश फर्किएको छ ।
यस्तै टर्कीका चार, हंगेरी, स्पेन र क्यानडाको तीन-तीन, फ्रान्सका दुई पनि फर्किएका छन् । नेपाल छाड्ने टीममा बेल्जियम, जर्मनी, नेदरल्याण्ड, फिलिपिन्स, पोल्याण्ड, उत्तर कोरिया, अष्ट्रेलिया, इजरायल, ओमान र जापानको टीम पनि फर्किएको छ ।
सरकारले हालै मात्र खोजी तथा उद्दारको धेरै काम सकिएको भन्दै विदेशी टीमलाई र्फकन आग्रह गरेको थियो । बाँकी काम नेपाली सेना, सशस्त्र प्रहरी र प्रहरीले गर्न सक्ने सरकारले बनाएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.