गार्डिओलालाई थाहा छ मेस्सीलाई रोक्न सकिँदैन

  एकातिर लिओनल मेस्सी, अर्कातिर पेप गार्डिओला । दुबैले मिलेर ४ बर्षमा सँगसँगै १४ ट्रफी जिते । उनीहरुले संयुक्त रुपमा जितेको उपाधि २०१२ को कोपा डेल रे कप थियो । त्यो खेलमा मेस्सीले गोल गरेका थिए ।
बार्सीलोनाका स्टार मेस्सीले च्याम्पियन्स लिगका दुई फाइनल खेलमा पनि गोल गरेका थिए । मेस्सीले गोल गरेको दुई यूरोपियन कपका फाइलमा बार्सिलोना विजयी भएको छ ।
सन् २०११ पछि बार्सिलोना च्याम्पियन्स लिगको फाइनमा फर्कने सुरुमा छ । तर, ग्लोर्डिआलाको बार्यन म्युनिख र मेस्सीको बार्सिलोना मध्य एक टिमले मात्र फाइनलमा स्थान बनाउने छ ।
बार्सिलोनाका आफ्नै उत्पादन यूथ टिमका कप्तान, सिनियर टिमका खेलाडि तथा प्रशिक्षक पनि । पेप आफ्नो पूर्व क्लब बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा बिपक्षीका रुपमा आएका छन् ।
Pep-Guardiola
अर्कातिर उनका पूर्व टिममेट लुइस इनरिक हुनेछन् । इनरिकले पनि पेप जस्तै पहिलो बार्सिलोनाको बी टिम सम्हाल्दै अहिले पहिलो रोजाइको टिमका मुख्य प्रशिक्षक छन् ।
बार्सिलोनाका प्रशिक्षक इनरिक पनि अहिले पेपको जस्तै डेब्यू सिजजमै तीन उपाधिको होडमा छन् । उनले भने-‘हामी दुबै बर्लिनमा भिड्न चाहन्थ्यौं तर, त्यो असम्भव छ । खेल अघि हामी एकअर्कालाई धेरै धेरै सफलताको शुभकामना दिन्छौं वा धेरै सफलता नहोस् भन्छौं ।’
अझै महत्वपुर्ण कुरा आफ्नो प्रशिक्षणमा विश्वको उत्कृष्ट फुटबलर बनाउन महत्वपूर्ण भूमिका खेलेका पेप गार्डिओला अहिले मेस्सीलाई रोक्ने प्रयासमा हुनेछन् । उनी आफैंले मेस्सीलाई अनस्टपेबल अर्थात रोक्न नसकिने भनेका छन् ।
मेस्सीले पनि पेप गार्डिओलालाई पनि उत्कृष्ट कोच बनाउन निकै महृत्वपूर्ण भूमिका खेलेकामा पनि दुइ मत छैन् । तर, बिहीबार यदि पेपले तेस्रो यूरोपियन उपाधि हात पार्न चाहन्छन् भने बार्सिलोनालाई हराउनै पर्छ । पेपले बार्सीलोना छाडेपछि मेस्सीले भने पहिले जस्तो सफलता हात पार्न सकेका छैनन् ।
बार्सिलोना छाडेपछि पेप गार्डिओलाले ५ उपाधि जिताएका छन् भने मेस्सीले मात्र २ उपाधि दिलाएका छन् ।  पछिल्ला दुई बर्षमा फिफा बालोन डि’ओर पनि मेस्सीका चिरप्रतिद्वन्द्वी क्रिष्टियानो रोनाल्डोले जितेका छन् ।
messi
जारी सिजनको सुरुवातबाटै भने मेस्सी लयमा देखिएका छन् । मेस्सी आफैंले पनि गएको सिजन सफल नभएको स्वीकार्छन् । उनले भने-गत बर्ष मेरो लागि अप्ठ्यारो थियो । त्यसबेला म घाइते थिएँ । तर अहिले मलाई पुरै फरक महसुस भएको छ र म निकै खुसी छु ।’
पेप गार्डिओलाले भने मेस्सी आफनो क्षमता अनुसार खेले भने उनलाई कसैले पनि रोक्ननसक्ने बताए । उनले भने-‘विभिन्न टिमले उनलाई रोक्ने हजारौं उपायहरु प्रयास गरेका छन् । तर, यसले उनलाई कुनै असर गरेको छैन ।’
उनले मेस्सीलाई रोक्न नसकिने भन्दै उनलाई बल होल्ड गर्न नदिने रणनीति अपनाउने बताएका छन् । उनले भने-‘हामीले उनलाई सकेसम्म बल होल्ड गर्न दिने छैनौं । तर, उनलाइ रोक्ने कुनै पनि डिफेन्सिभ सिस्टम पनि छैन् र कुनै कोच पनि ।’
लाइभ भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.