तपाइको आजको राशिफल

वि.सं.२०७२ साल वैशाख २४ गते। बिहीबार। शकसंवत् १९३७। इश्वी सन् २०१५ मे ७ तारिख। नेपाल संवत् ११३५ वछलागा। कीलक संवत्सर। उत्तरायण। वसन्त ऋतु। ज्येष्ठ कृष्णपक्ष। तिथि– तृतीया, बिहान ९:१४ बजेदेखि चतुर्थी। नक्षत्र– ज्येष्ठा, दिउँसो १२:४० बजेपछि मूल। योग– शिव, बेलुकी ८:०६ बजेउप्रान्त सिद्ध। करण– भद्रा, बिहान ९:१४ बजेदेखि वव, बेलुकी ८:५२ बजेउप्रान्त वालव। आनन्दादिमा काल योग। चन्द्रराशि– वृश्चिक, दिउँसो १२:४० बजेपछि धनु। काठमाडौंमा सूर्योदय– ५:२२ बजे, सूर्यास्त– ६:४० बजे र दिनमान ३३ घडी १४ पला। पर्व– किरात समाज सुधार दिवस

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesस्वास्थ्य कमजोर रहनाले काम समेत अवरुद्ध बन्ने योग छ। सहयोगीहरूले हात झिक्न सक्छन्। सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला। आत्मबलमा कमी आउनुका साथै डरले सताउने समय छ। मध्याह्नपछि प्रयत्न गर्दा रोकिएका काम बन्न सक्छन्। अस्वस्थताका बीच थप कामको जिम्मेवारी भने आइलाग्नेछ। चुनौती देखिए पनि परिस्थिति अनुकूल बन्नेछ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusपूर्वाह्न समय आनन्दमा बित्नेछ। मनोरञ्जनका वस्तुहरू लाभ हुनेछन्। गरेका काम र व्यापार–व्यवसायमा पनि राम्रै फाइदा हुनेछ। व्यावसायिक यात्रा सम्भावना छ। आतिथ्यपूर्ण सम्मान पनि पाइएला। मित्रता र प्रेमको बन्धन कसिनेछ। दिउँसो १२:४० बजेदेखि स्थिति अलि प्रतिकूल बन्न सक्छ। स्वास्थ्य, महत्वपूर्ण काम र आर्थिक गतिविधिमा सचेत रहनुहोला।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiकाममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला। तापनि, शत्रुहरूलाई तह लगाउन सकिनेछ। रोकिएका काम बन्नुका साथै धेरै योजना फलीभूत हुनेछन्। दिउँसो १२:४० बजेपछि व्यापारमा लाभ मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। आतिथ्यपूर्ण सम्मान पाइने समय छ। आम्दानी बढ्ने र फाइदा उठाउने समय छ। वैदेशिक यात्राको अवसर आउनेछ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerआफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। गुरुजनको विशेष सहयोग जुट्नेछ। प्रयत्न गरेका काम ढिलै भए पनि सम्पादन हुनेछन्। उपलब्धि राम्रै पाइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक कार्यबाट धनलाभ हुनेछ। पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला। मध्याह्नपछि काममा प्रतिस्पर्धा बढ्नेछ। तापनि, प्रतिष्ठा र अधिकार स्थापित गर्न सकिनेछ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoविगतका निर्णयले केही अप्ठ्यारोमा परिने देखिन्छ। परिवारजनको सहयोगले फाइदा लिन सकिनेछ। तर, साथीभाइसँग प्रतिस्पर्धाको वातावरण बन्नेछ। मान्यजनसँग पनि असमझदारी बढ्ला। तापनि कमी–कमजोरीलाई सुधार गर्न सकिनेछ। मध्याह्नपछि आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। व्यापार, पशुधन र जमिनको कारोबारबाट लाभ हुनेछ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoकाममा रोकावट र कममात्र फाइदा हुने समय छ। सहयोगीहरूले हात झिक्नाले अलि अप्ठ्यारोमा परिनेछ। आर्जित धन तत्काल खर्च हुन सक्छ। पुरानो समस्याले पनि झमेला आइलाग्ने योग छ। दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ। तर, मध्याह्नपति स्थितिमा सुधार आउला। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न सकिनेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraविभिन्न अवसर पाइएला तर व्यावहारिक कमजोरीले केही अप्ठ्यारोमा परिने समयछ। सोचेको फाइदा नउठ्न सक्छ। अनावश्यक वादविवादमा परिने समय छ। विचारलाई पनि तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ। प्रयत्न गर्दा दिउँसो १२:४० बजेदेखि समय फलदायी रहनेछ। प्रतिस्पर्धी परास्त हुनुका साथै रोकिएका काम बन्नेछन् र व्यावसायिक काममा फाइदा हुनेछ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioकेही मौका आए पनि अवसरको गतिमा हिँड्न नसकिएला। सोचेको काम समयमा नबन्ने वा अवसर फुत्कने देखिन्छ। सहयोगी वा हितैसी जनले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस्। अलि द्विविधामा परिने वा समयमा निर्णय लिन नसकिने अवस्था छ। मध्याह्नपछि धैर्यसाथ निरन्तरको प्रयत्नले मात्र फाइदा हुने देखिन्छ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusछर–छिमेकमा असमझदारी बढ्ने योग छ। तापनि, प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। काममा लगानीको समय छ। विदेश भ्रमण वा वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। घरखर्चको मात्रा बढ्नेछ। मध्याह्नपछि आलस्य जाग्नेछ। समयमा होस नपुग्नाले बनिसकेको काम पूरा नहुन सक्छ, सचेत रहनुहोला। केही अवसर आए पनि होसियारीसाथ काम लिनुपर्ने बेला छ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornआम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पढाइमा प्रगति हुनेछ। मध्याह्पछि खर्च बढे पनि व्यवसायमा लगानी बढाउने मौका आउला। वैदेशिक कामकाजमा पनि फाइदै होला। मनको डर उत्साहमा रूपान्तरित हुने योग छ। टाढाको फलदायी यात्रा गर्ने मौका छ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusउत्साहमा अलि कमी आउला। अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस्। तापनि प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। मध्याह्नपछि श्रमको समुचित मूल्यांकन नहुन सक्छ। आम्दानी थोरै होला। घरको सञ्चित रकम समेत खर्चनुपर्ला। इच्छाविपरीतका काममा जुट्नुपर्ने योग छ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesसामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन्। मध्याह्नपछि व्यवसायमा प्रशस्तै लाभ हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ।

0 comments

Write Down Your Responses

Powered by Blogger.