राहत बितरण होइन , चिन बिरुद्ध जासुसी गर्दै छ भारतीय हेलिकप्टर !

नेपालको महाभूकम्पपछि उद्दार र राहतका लागि भारतबाट दर्जनौंको संख्यामा जहाज र हेलिकप्टर आए पनि उनीहरुले आफ्नै नागरिक फिर्ता र नेपाल–चीन बीचको सीमामा पत्रकार घुमाउने कामलाई नै सहयोग मान्दै आएका छन् ।
भारतीय उडानबाट व्यस्त बनको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय पत्रकारको मात्रै दादागिरी चल्ने गर्दछ । भूकम्प प्रभावित क्षेत्रमा भारतीय पत्रकार मात्र लान खोजेपछि नेपाली सेनासमेत आजित हुँदै आएको छ ।
नेपाली सेनाले भारतीय पत्रकारलाई रोकेको छ भनेर टिभीमा ब्रेकिङ न्युज चलाउने भारतीय पत्रकारको धम्की ‘अस्तिसम्म यहाँ सबै भारतीय पत्रकारको दबादबा थियो हामीले उनीहरुलाई सम्झाउनसमेत नहुने अवस्था थियो’ नेपाली पत्रकार एयरपोर्ट पुगेपछि एक नेपाली सेनाले भने, ‘हिजो र आज तपाईंहरु पनि आउनुभयो खुसी लागेको छ ।’आजको नागरिक दैनिकमा खबर छ ।
नेपाली पत्रकारलाई एयरपोर्टमा देख्दा आफूहरुलाई गर्व लाग्ने  गरेको सुनाउँदै सेनाका ती अधिकारीले भने, ‘हामीलाई भारतबाट आएकाले त मान्छे नै गन्दैनन् । लाग्छ उनीहरुकै क्षेत्रमा हामी पुगेका छौं ।’
भारतीय जहाज र हेलिकप्टर एयरपोर्टमा रहेका कारण अन्य देशबाट सहयोग लिएर आएका जहाससमेत ल्याण्ड  गर्न नसकेको सुनाए ।
दुई भारतीय पत्रकार हेलिकप्टर चढाउन लैजादैं गरेका नेपाली सेनाका अधिकारीलाई भन्दै थिए, ‘तिमीहरु हामीलाई मिस बिहेभ गर्दछौं । हामी नेपाली सेनाले भारतीय पत्रकारलाई रोकेको छ भनेर टिभीमा ब्रेकिङ न्युज चलाउन लगाउँछौं ।’
एयरपोर्टका अर्का नेपाली सेनाका अधिकारी भन्छन्, ‘भारतीय हेलिकप्टरको काम अहिले चीनको सीमावर्ती क्षेत्रमा आफ्ना पत्रकार घुमाउनु हो । यसैलाई उनीहरुले सहयोगको रुपमा लिएका छन् ।’

0 comments

Write Down Your Responses

Powered by Blogger.