छतैछत हाम्फाल्दै छिमेकीको घरमा

काठमाडौं । भक्तपुर, वंशगोपालका ४५ वर्षीय कृष्णप्रसाद सोनेप पाँचतले कच्ची छतमा थिए । वैशाख १२ गते आएको भूकम्पले उनको छत केही भत्किएको र जस्ताको छाना चुहिने भएको थियो ।
चुहिएको छाना छिटो मर्मत नगरे तत्कालै छानासहित घर भत्कने डर थियो भने छानाको ढुंगा खसेर तल लाग्ने खतरा थियो । छिमेकीहरुले पनि छाना तुरुन्त मर्मत गर्न सुझाएपछि सानेप आफ्ना छोरा गोविन्द र अन्य पाँच जनासहित छत मर्मत गर्न छानामा पुगेको नागरिकमा खबर छ ।
चुहिएको छाना टाल्ने र मर्मत गर्ने क्रममा एक्कासि घरवरपरका चरा उड्न थाले । लगत्तै छाना हल्लियो । सोनेपसहित छानामा रहेका सबैले चाल पाइहाले भूकम्पको धक्का फेरि आयो । त्यसपछि सोनेपसहित सबै उक्त घरसँगै लहरै रहेका अन्य चारवटा घरका छतछतमा दौडँदै पाँचौ लहरमा रहेको पक्की घरमा फड्को मारे । पक्की घरमा सबैजना पुग्नेवित्तिकै जोडले झ्यालको सिसा फुटाएर भित्र छिरे ।
सोनेपसहित छतमा रहेका सातै जना पक्की घरमा पुग्नेवित्तिकै उनीहरुले अघि मर्मत गरिरहेको घर र छतमा दौडँदै आएका घर गल्र्यामगुलर्म लडिहाल्यो । भागेर पक्की घरमा फड्को मार्दा र सिसा फुटाउने क्रममा उनीहरु सबै जना सामान्य घाइते भएका छन् । सोनेपको हातमा चोट लागेको छ । उनको छोरासहित अन्य सहयोगीको पनि हात तथा खुट्टामा सामान्य चोट लागेको छ । उनीहरुको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.