भूकम्पपीडितले प्रचण्डलाई भने-जनयुद्धमा भात खुवायौं, अब हामीलाई खुवाउनुहोस्

गोरखाका भूकम्पपीडितले एमाओवादी अध्यक्ष प्रचण्डसँग राहत नपाएको गुनासो गरेका छन् । उनीहरुले जनयुद्धमा आफूहरुले सहयोग गरेको र विपत्तिमा परेकाले अहिले आफूहरुलाई सहयोग गर्न प्रचण्डलाई आग्रह गरेका छन् ।
‘जनयुद्धमा तपाईंहरुलाई भात खुवायौं,’ १२ वैशाखको भूकम्पको केन्द्रविन्दु बारपाककी ६२ वर्षीया रोशनी घलेले शनिबार प्रचण्डलाई भनिन्-‘अहिले भूकम्पले हाम्रो भात लग्यो, हामीलाई केही खुवाउनूस् ।’
एमाओवादी अध्यक्ष प्रचण्ड शनिबार बारपाक, लाप्राक र गुम्दाको स्थलगत निरीक्षणमा पुगेको नयाँ पत्रिकामा खबर छ । उनीसँग पीडा सुनाउँदै रोशनीले थपिन्-‘सरकार भन्ने हामीलाई थाहा छैन्, हिजो पनि तपाईंलाई हेरेर युद्धमा लागेका हौं । आज पनि हामीलाई तपाईंकै भरोसा छ ।’
खुला आकाशमा रात विताइरहेका भूकम्पपीडितले जमिन पनि भासिएकाले गाउँमा बस्नसमेत गाह्रो भएको गुनासो गरेका थिए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.