तपाइको आजको राशिफल



वि.सं.२०७२ साल वैशाख २८ गते। सोमबार। शकसंवत् १९३७। कीलक संवत्सर। इश्वी सन् २०१५ मे ११ तारिख। नेपाल संवत् ११३५ वछलागा। उत्तरायण। वसन्त ऋतु। ज्येष्ठ कृष्णपक्ष। तिथि– अष्टमी, रात्रि १:१७ बजेउप्रान्त नवमी। नक्षत्र– श्रवण, बिहान ९:३७ बजेपछि धनिष्ठा। योग– शुक्ल, बिहान १०:४० बजेउप्रान्त ब्रह्म। करण– वालव, दिउँसो २:२४ बजेपछि कौलव, रात्रि १:१७ बजेउप्रान्त तैतिल। आनन्दादिमा सिद्धि योग। चन्द्रराशि– मकर, बेलुकी ८:५४ बजेपछि कुम्भ। काठमाडौंमा सूर्योदय– ५:२० बजे, सूर्यास्त– ६:४२ बजे र दिनमान ३३ घडी २६ पला। अष्टमी व्रत। गोरखकाली पूजा। बेलुकी ८:५४ बजे धनिष्ठा पञ्चक सुरु।

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesसामाजिक कामको दायित्व बढ्नेछ। अरूका जिम्मेवारी समेत वहन गर्नुपर्ला। प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन्। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ। परिवारजनको भरण–पोषणमा खर्च बढ्नेछ। उत्साहमा कमी आउला। अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस्।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusआस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन्। व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ। भाग्योन्नतिको समय छ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiकाममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा नसोचेको धन लाभ हुन सक्छ। गोप्य रहस्य पत्ता लगाउन सकिनेछ। समयको सदुपयोग हुनेछ। सहयोगीहरूले सहयोगका लागि तत्परता देखाउनेछन्। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ, इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerविभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। अतिथिका रूपमा सम्मान पाइने समय छ। रमाइलो यात्राको समेत मौका छ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoसफलताका लागि प्रतिस्पर्धा गर्नुपर्ला। शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती आइलाग्न सक्छन्। तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। व्यापार तथा उद्योगतर्फ फाइदाकै योग छ। यात्राको व्यवस्थापनमा खर्च हुनेछ। द्वन्द्व तथा प्रतिस्पर्धामा सावधानीसाथ जुट्नुपर्नेछ। व्यावसायिक काममा फाइदा उठे पनि तत्काल खर्च समेत गर्नुपर्ला।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoअस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। निराश नहुनुहोस्, केही समय पर्खंदा स्थितिमा सुधार आई अवश्यै उन्नति हुनेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraपरिवारजनको सहयोगले फाइदा लिन सकिनेछ। तर अनावश्यक शंका जाग्ने र शंकाकै कारण आत्मीय सम्बन्धमा कमी आउने योग छ। मान्यजनको सुझाव अप्रिय लाग्नेछ। उच्च महत्वाकांक्षा र विगतका गलत निर्णयले पनि काममा चुनौती आउने देखिन्छ। मातृधन तथा परिवारजनको सहकार्यबाट लाभ उठाउन सकिनेछ। पशुधन र जमिनबाट पनि फाइदा होला।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioकाममा रोकावट वा कममात्र फाइदा होला। सहयोगीहरूले हात झिक्नाले अलि अप्ठ्यारोमा परिनेछ। आर्जित धन तत्काल खर्च हुन सक्छ। पुरानो समस्याले पनि अप्ठ्यारोमा परिएला। दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। काममा चुनौती देखिएलान्। आफ्नै प्रयासले गरेका काममा भने लाभ मिल्नेछ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusफाइदा कममात्र हुनेछ। पठन–पाठनमा त्यति समय दिन नसकिएला। अरूले आलोचना गर्नसक्छन्। तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला। बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ। सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्। विगतको श्रमबाट भने लाभ हुनेछ। काममा रोकावट र मानसम्मानमा आघात पुग्ने समय छ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornखानपानको असावधानीले स्वस्थ्य कमजोर बन्ने देखिन्छ। काममा समेत व्यवधानको समय छ। सोचेको काम समयमा सम्पादन गर्न नसकिएला। आत्मीय जनसँग असमझदारी वा मनमोटाव बढ्ने देखिन्छ। निर्णायक क्षमतामा कमी आउला। हातमा आएको प्रतिफल गुम्न सक्छ, सचेत रहनुहोला। इष्टदेवको पूजा–उपासनाले फाइदा हुनेछ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusकेही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा थप लगानी बढाउन सकिनेछ। वैदेशिक कामकाजमा फाइदा होला। मनको डर उत्साहमा रूपान्तरित हुने योग छ। टाढाको यात्रा गर्ने मौका छ। दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ। पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ। अनुकूल स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesआम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पढाइमा प्रगति हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ।

0 comments

Write Down Your Responses

Powered by Blogger.