रोनाल्डो पेनाल्टीमा चुके, रियलको उपाधि सम्भावना सकियो

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड भ्यालेन्सियासँग बराबरीमा रोकिएको छ ।
क्रिष्टियानो रोनाल्डो पेनाल्टीमा गोल गर्न चुकेको खेलमा रियल मड्रिडले २–२ को बराबरी खेलेको हो । यससँगै लिगमा दुई खेल बाँकी हुँदा चार अंकले पछि परेको रियलको उपाधि सम्भावना लगभग सकिएको छ ।
शनिबार राति भएको खेलमा भ्यालेन्सियाले १९ औं मिनेटमा गार्सियाको गोलबाट अग्रता लियो । २६ औं मिनेटमा मार्टिनेजले अग्रता दाब्बर पारे ।
पहिलो हाफको अन्तिम मिनेटमा ग्यारेथ बेललाई फल गरेपछि रियल मड्रिडले पेनाल्टी पायो । तर, स्टार स्ट्राइकर रोनाल्डो गोल गर्न चुके । उनको प्रहार भ्यालेन्सियाका गोलरक्षकले रोके ।
दोस्रो हाफको ५६ औं मिनेटमा पेपेले गोल गर्दैै रियललाई खेलमा फर्काउने संकेत दिए । ८३ औं मिनेटमा इस्कोले बराबरी गोल गरे ।
खेलमा थप गोल भएन र रियल मड्रिड बराबरीमा चिक्त बुझाउन बाध्य भयो ।
बराबरपछि रियल मड्रिड ८६ अंकका साथ दोस्रो स्थानमा छ । लिग लिडर बार्सिलोनाको ९० अंक भएको छ र लिगमा दुई खेल खेल्न बाँकी छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.