बार्सिलोना ला लिगाको उपाधि नजिक

काठमाडौं । बार्सिलोना स्पेनिस ला लिगा फुटबलको उपाधि नजिक पुगेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई २–० ले पराजित गरेको छ ।
दोस्रो स्थानमा रहेको रियल मड्रिड भ्यालेन्सियासँग बराबरीमा रोकिँदा बार्सिलोनालाई फाइदा भएको छ । अब बार्सिलोनालाई  उपाधिका लागि एक जित भए पुग्छ ।
सोसिडाडले बार्सिलोनालाई पहिलो हाफ गोलरहित बराबरीमा रोक्यो । तर, ५१ औं मिनेटमा नेयमारले गोल गर्दै टोलीलाई अग्रता दिलाए ।
खेलको ८५ औं मिनेटमा पेड्रोले बाइसाइकल किकमा उत्कृष्ट गोल गर्दै जित सुनिश्चित गरे ।
जितपछि बार्सिलोनाको ३६ खेलबाट ९० अंक भएको छ र लिगमा दुई खेल खेल्न बाँकी छ । दोस्रो स्थानको रियल मड्रिडको समान खेलबाट ८६ अंक छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.