उद्धारमा गएको अमेरिकी सेनाको हेलिकप्टर तामाकाेसीमा खसेकाे अाशंका

दाेलखा- भूकम्प पीडितको उद्धारमा मंगलबार दोलखा गएकाे अमेरिकी सेनाको हेलिकप्टर  तामाकाेसीमा खसेकाे अाशंकामा खाेजी कार्य सुरु गरिएकाे छ। मंगलबारदेखि  सम्पर्कविहीन भएकाे उक्त हेलिकप्टर बुधबारसम्म पनि फेला नपरेपछि तामाकाेशीमा खाेजी कार्य सुरु गरिएकाे हाे ।
अहिले हेलिकप्टरकाे खाेजी गर्न काठमाडाैंबाट नेपाली सेनाकाे ६० जनाकाे विशेषज्ञ टाेली दाेलखा अाएकाे छ । यसैगरी जिल्लास्थित बद्रबहादुर गणका गणपति विश्वास विक्रम शाहका अनुसार गणका ४ सय र राजधानीबाट गएका ६० जनाकाे विशेषज्ञ टाेलीले तामाकाेशीकाे नागदहदेखि सिंगटीसम्म खाेजी कार्य सुरु गरिएकाे हाे ।  सैनिक जनसम्पर्क निर्देशनालयले दिएकाे जानकारी अनुसार अमेरिकी सेनाकाे यूएनएच-१ हेलिकप्टर दोलखाको  नागदहदेखि सिकाते बजारकाे बीचमा हराएकाे हाे


अमेरिकन सरकारले पनि अाफ्नाे सेनाकाे हेलिकप्टर नेपालमा हराएकाे पुष्टि गरेकाे छ। बीबीसीले दिएकाे जानकारी अनुसार मंगलबार दिउँसाे गएकाे भूकम्पकाे केन्द्रतर्फ जानेक्रममा नेपाली सयम अनुसार करिब तीन बजेपछि हेलिकप्टर सम्पर्कमा अाएकाे छैन। हेलिकप्टरमा ६ जना अमेरिकी सेनासहित दुई नेपाली सेना गरी अाठ जना सवार थिए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.