किसानको पेटबाट निकालियो ८० सिक्का, ३५ किला

सुन्दैमा अनौठो लाग्नसक्छ । तर यो सत्य हो की एकजना मानिसको पेटबाट ८० वटा सिक्का तथा ३५ वटा किला निकालिएको छ ।
भारतको पन्जाबस्थित भटिण्डा जिल्लाका एक किसानको पेटबाट डाक्टरहरुले शल्यक्रिया गरी यस्ता चिज निकालेका हुन्, जुन सुन्दैमा डर लाग्छ ।
३४ वर्षका रामपाल सिंह ३ वर्षदेखि पेट दुख्ने बिमारबाट पीडित थिए । साह्रै पेट दुख्ने रोगका कारण उनी मानसिक रुपमा पनि विक्षिप्त बनेका थिए ।
परिवारका सदस्यहरुले रामपाललाई लुधियाना, चण्डीगढ तथा अन्य सहरका अस्पतालमा समेत चेक गर्न लगे । तर डाक्टरहरुले पत्ता लगाउन सकेनन् । तथापि गएको मंगलबार पेटको दुखाइ निकै बढेपछि उनलाई आनन फानन स्थित गगन ग्यास्ट्रो अस्पतालमा भर्ना गरियो । जहाँ डाक्टरहरुले इन्डोस्कोपी गरेपछि उनको पेटमा सिक्काहरु रहेको पत्ता लगाए र एउटा सिक्का समेत बाहिर निकाले ।
भोलिपल्ट पुनः उनको पेटको इन्डोस्कोपी गरियो । डाक्टर गगनदीप गोयलले उनको पेटबाट झण्डै ८० वटा सिक्का तथा ३५ वटा किला बाहिर निकाले ।
पेटमा रहेका सिक्का तथा किलाहरु कालो भैसकेका थिए । डाक्टरका अनुसार ती सिक्का तथा किला २-३ वर्ष पूरानो हुन् । उनको पटभित्र कसरी ती सिक्का तथा किला पुगे भन्ने कुराले खुबै चर्चा पाएको छ । ती व्यक्तिले मुखबाटै सिक्का तथा किला निलेको डाक्टरहरुले ठहर गरेका छन् ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.