जन्मियो दुइ टाउको भएको बाच्छी

अमेरिकामा एउटा अचम्मको बाच्छी जन्मिएको छ, जसका २ वटा टाउका छन् ।
अमेरिकाको फ्लोरिडामा केही दिनअघि दुइवटा टाउको भएको बाच्छी जन्मिएपछि गाइ फार्मका मालिक मात्र होइन देख्नेजति सबै अचम्ममा परेका छन् ।
समाचार अनुसार उक्त बाच्छीको घाँटीबाट दुइवटा टाउको पलाएका छन् । दुबै टाउको सामान्य अवस्थाका कामकाजी रहेका छन् । उक्त बाच्छीको नाम अन्नाबेल राखिएको छ । दुइ टाउका, ४ आँखा तथा दुइ मुख, नाक र दुइ मात्र कान भएको उक्त बाच्छीले एउटा मुखबाट दुध चुसाउँदा अर्को मुखको जिब्रो बाहिर निकालेर दुध चुसिरहेको जस्तो गर्दछ ।
यो बाच्छी उठ्न तथा हिँडडुल गर्न सक्दैन र टाउको समेत उठाउन सक्दैन । त्यसैले यसले आफ्ना आमाको थुनबाट दुध चुस्न सक्ने कुरा भएन । गाइधनीले उक्त बाच्छीलाई बोतलको दुध चुसाएर राखेका छन् ।
दुइवटा टाउको भएको अवस्थालाई पोलीसिफाली भनिन्छ । जुन निकै दुर्लभ अवस्था हो । लाखौँ जिवित जन्ममा एक जनावरमा मात्र यस्तो समस्या देखिने विज्ञहरु बताउँछन् ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.