६ बजेर १७ मिनेटमा ४.९ रेक्टरको भूकम्प

काठमाडौं, वैशाख २५ - शुक्रबार बिहान ६ बजेर १७ मिनेटमा ४ दशमलव ९ रेक्टर स्केलको सानो भूकम्प गएको छ । काठमाडौंबाट ७६ किलोमिटर पुर्वमा केन्द्रबिन्दु बनाएर ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो ।
१२ गते शनिबार बिहान ११ बजेर ५६ मिनेटमा ७ दशमलव ८ रेक्टरस्केलको ठूलो भूकम्प गएकाले साना भूकम्प जानु स्वभाविक भएको भूगर्भविद्हरुले बताएका छन् ।
यसरी साना भूकम्प गइरहँदा ठूलो भूकम्प जाने संभावना नभएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोक विजय अधिकारीले बताउनुभयो । वैशाख १२ गतेको भूकम्पपछि लगातार जसो साना भूकम्पहरु गइरहेका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.