प्रेमीसँग बसिरहेकी युवतीलाई बलात्कार गर्ने ६ जना पक्राऊ

प्रेमीसँग बसिरहेकी एक युवतीलाई खोसेर बलात्कार गर्ने समूहका ६ जना पक्राउ परेका छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको हाताभित्रको डिपो स्कुल पछाडिको खाली ठाउँमा प्रेमीसँग बसिरहेकी १७ वर्षीया एक युवतीलाई गत सोमबार नियन्त्रणमा लिएर ९ जनाले सामुहिक बलात्कार गरेका थिए । ६ जना आरोपी पक्राउ परे पनि अन्य तीन जना फरार छन् ।
rape-victime
पक्राउ पर्नेहरुमा धनकुटाको बेलहारका १७ वर्षीय विकेश राई, भोजपुरको भैंसेपंखा बस्ने २० वर्षीय विपिन राई, धरान बाँझगरा बस्ने १८ वर्षीय आकाश लिम्बु, धरानका २३ वर्षीय समिर राई, १८ वर्षीय प्रीतेश लिम्बु र २२ वर्षीय विटु राई छन् । उनीहरुले बलात्कार गरेको स्वीकारेका छन् ।
अन्य तीन जनाको पहिचान भएपनि हाल फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । बलात्कारमा संलग्नहरु पहिलेदेखि नै लागुपदार्थ प्रयोगकर्ता, चोरी र लुटपाटमा संलग्न रहेको प्रहरीको भनाइ छ ।
गत सोमबार डिपो स्कुल पछाडिको चौरमा प्रेमीसँग बसिरहेकाबेला धरान १७ की कक्षा ९ मा अध्ययनरत युवतीलाई युवाहरूको एक समूहले नियन्त्रणमा लिएको थियो । साे समूहले ति प्रेमीलाई टाउकोमा ढुंगाले हानेर घाइते बनाइ युवतीलाई झाडीमा लगेर सामूहिक बलात्कार गरेका थिए । आँखामा पटि्ट र मुखमा रुमाल खाँदेर बलात्कार गरिएकी युवतीलाई उनको परिवारले खोजी गर्दा अर्धचेत अवस्थामा फेला पारेका थिए ।
पक्राउ परेका ६ जनाले आरोप स्वीकारेकाले आवश्यक कारवाहीका लागि म्याद थप गरेर जवर्जस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।
छात्रालाई यौन दुर्व्यहार गर्ने शिक्षक पक्राऊ
यसैबीच आफूले पढाउने विद्यालयमा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा गुल्मीका एक शिक्षक पक्राउ परेका छन् । आपचौर गाविस इन्द्रैगौडामा रहेको नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालयका शिक्षक कृष्ण घिमिरे आफ्नै विद्यालयकी छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् ।
विद्यालयको माद्यमिक तहमा अध्ययनरत एक छात्रालाई यौन दुर्व्यवहार गरी भाग्दै गरेको अवस्थामा शिक्षक घिमिरेलाई प्रहरी चौकी खर्बाङ बाग्लुङले दगातुङ डाँडाबाट पक्राउ गरी प्रहरी चौकी मजुवा गुल्मीलाई बुझाएको छ ।
४२ वर्षीय घिमिरेलाई अनुचित कार्य गरी भाग्दै गरेको सूचना पाएपछि बसबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रामप्रसाद पौडेलले जानकारी दिए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.