तपाइको आजको राशिफल

वि.सं.२०७२ साल जेठ २९ गते। शुक्रबार। इश्वी सन् २०१५ जुन १२ तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेपाल संवत् ११३५ तछलागा। आषाढ शुद्ध–कृष्णपक्ष। तिथि– एकादशी, रात्रि १:२२ बजेउप्रान्त द्वादशी। नक्षत्र– रेवती, बिहान ९:४८ बजेउप्रान्त अश्विनी। योग– शोभन, रात्रि १:४९ बजेउप्रान्त अतिगण्ड। करण– वव, दिउँसो २:२८ बजेपछि वालव, रात्रि १:२२ बजेउप्रान्त कौलव। आनन्दादिमा श्रीवत्स योग। चन्द्रराशि– मीन, बिहान ९:४८ बजेउप्रान्त मेष। काठमाडौंमा सूर्योदय– ५:०९ बजे, सूर्यास्त– ६:५८ बजे र दिनमान ३४ घडी ३२ पला। बिहान ९:४८ बजे पञ्चक समाप्ति। सर्वार्थसिद्धि योग अहोरात्र। स्मार्तहरूको योगिनी एकादशी व्रत।

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesइच्छाशक्ति बढ्नुका साथै काममा फाइदा हुने समय छ। प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनेछ। प्रशंसकहरू बढ्नेछन्। विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको गाँठो कसिएर जाला। कामबाट पनि सजिलै फुर्सद पाइनेछ। प्रसन्नता मिल्नेछ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusकेही मात्रामा खर्च बढ्नेछ। काममा लगानीको समय छ। समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्लान्। दण्ड वा जरिवानामा परिने सम्भावना छ। छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ। तापनि, प्रतिस्पर्धाबाट सामान्य फाइदा उठ्नेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiव्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। नयाँ जिम्मेवारी पाइएला। लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ। पितृधनको उपयोगबाट विशेष फाइदा होला। सोचेभन्दा बढी नै लाभ हुने योग छ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerप्रतिष्ठित काम गरेर धेरैलाई प्रभावित पार्ने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। सामाजिक दायित्व लिँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। मातापिताको सहयोग र आशीर्वाद पाइनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ हुनेछ। व्यापारमा पनि फाइदाकै योग छ। कीर्तिमानी काम गर्ने समय छ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoधर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। सानातिना काममा अल्झनुपर्ला। सहयोगी जुटाउन नसकिएला। आशा देखाउनेहरूको भरपर्दा धोका हुन सक्छ। चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रमपछि न्यून सफलता मिल्नेछ। आँटेको काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoअप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। तर, केही चुनौती सामना गर्नुपर्ला। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। सहयोगीहरूले राम्रै साथ दिनेछन्। आस मारेको फल पुनः प्राप्त हुन सक्छ। गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraरमाइलो क्षणमा अचानक खिन्नता बढ्ने समय छ। केही अप्ठ्यारा परिस्थिति आउनाले सोचेको लाभ नमिल्न सक्छ। आफन्तसँग असमझदारी बढ्न सक्छ। बाध्यताका काममा अलमलिनुपर्ला। पतिपत्नीमा पनि अविश्वास बढ्ने सम्भावना छ। सामान्य आम्दानी भइरहनेछ। व्यवसायमा फाइदै हुनेछ। यात्रामा धनमाल हराउन सक्छ, सचेत रहनुहोला।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioरोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। तपाईंको ईष्र्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन्। योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusअस्वस्थताले समयमा काम गर्न नसकिएला। अप्रिय समाचारले दुःखी बनाउन सक्छ। पढाइलेखाइमा पनि समय दिन नसकिएला। व्यापारमा आंशिक लाभ हुनेछ। विविध कमजोरीले नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ने देखिन्छ। तापनि, केही समय पर्खंदा स्थितिमा सुधार आउन सक्छ। बिस्तारै उन्नति हुनेछ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornपरिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। मान्यजनसँग असमझदारी बढ्न सक्छ। विगतका गल्तीले केही अप्ठ्यारो परिरहला। अरूको सुझावप्रति शंका उब्जने समय छ। महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। मातृधन, पशुधन र जमिनबाट पनि फाइदा हुनेछ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusसानै प्रयत्नले पनि राम्रो फाइदा होला। कृषि र व्यवसायमा केही लगानीपछि फाइदा हुनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। पराक्रम र उत्साह बढ्नेछ। काम गरेरै प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्ने समय छ। नयाँ काममा हात हाल्ने बेला आएको छ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesविभिन्न अवसर पाइने समय छ। तर, सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ। सहयोगी वा हितैसी जनले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस्। अलि द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउला। सद्व्यवहार गर्नेहरूका लािग भने फाइदै हुनेछ।

0 comments

Write Down Your Responses

Powered by Blogger.