तपाइको आजको राशिफल

वि.सं.२०७२ साल जेठ ३० गते। शनिबार। इश्वी सन् २०१५ जुन १३ तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेपाल संवत् ११३५ तछलागा। आषाढ शुद्ध–कृष्णपक्ष। तिथि– द्वादशी, रात्रि ११:२२ बजेउप्रान्त त्रयोदशी। नक्षत्र– अश्विनी, बिहान ८:२५ बजेउप्रान्त भरणी। योग– अतिगण्ड, रात्रि ११:९ बजेउप्रान्त सुकर्मा। करण– कौलव, दिउँसो १२:२० बजेपछि तैतिल, रात्रि ११:२२ बजेउप्रान्त गर। आनन्दादिमा सौम्य योग। चन्द्रराशि– मेष। काठमाडौंमा सूर्योदय– ५:०९ बजे, सूर्यास्त– ६:५८ बजे र दिनमान ३४ घडी ३२ पला। वैष्णवहरूको योगिनी एकादशी व्रत।

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesप्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला। कामबाट फुर्सद मिल्नेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusफाइदाका पछि लाग्दा छर–छिमेकमा भने असमझदारी बढ्न सक्छ। काममा लगानीको समय छ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। घरखर्चको मात्रा बढ्नेछ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। बनिसकेको काम बिग्रन सक्छ, सचेत रहनुहोस्। होसियारीसाथ काम लिनुपर्ने समय छ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiआम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पढाइमा प्रगति हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा कम भए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerआफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoसामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। तर, शारीरिक अस्वस्थता सम्भावना छ। सानातिना काममा महत्वपूर्ण समय बित्नेछ। र, सहयोगीहरूले साथ दिए पनि काम पूरा नहुन सक्छ। ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoकाममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। धेरैले सहयोगका लागि तत्परता देखाउनेछन्। गोप्य रहस्य पत्ता लगाउन सकिनेछ। नसोचेको धन लाभ हुन सक्छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ, इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraअलि बाध्यताका काममा जुट्नुपर्ला। केही विवादमा समेत परिने योग छ। तापनि, दिन मनोरञ्जनपूर्ण रहनेछ। व्यावसायिक यात्रा सम्भावना छ। आम्दानी प्रशस्तै बढ्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ने समय छ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioप्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। यात्रामा विशेष लाभ होला। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ। काममा अधिकार प्राप्तिका लागि केही प्रतिस्पर्धा भने गर्नुपर्ला। प्रतिस्पर्धीहरूको चलखेल बढ्नेछ। यसले केही चुनौती सामना गर्नपर्ने देखिन्छ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusअप्रिय समाचारले खिन्नता बढ्ला। पढाइमा ध्यान दिन नसकिएला। व्यापार व्यवसायमा समेत कममात्र फाइदा हुनेछ। धैर्यले काम लिँदा पशुपालन तथा कृषि क्षेत्रबाट सामान्य लाभ मिल्न सक्छ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइएला। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornपरिवारजनको सहयोगले फाइदा लिन सकिनेछ। मान्यजनसँग असमझदारी बढ्न सक्छ। आत्मीयजनबाट टाढिनुपर्ला। विगतका निर्णयले काममा असर पार्न सक्छ। मान्यजनको सुझाव अप्रिय लाग्ला। महत्वाकांक्षी योजना गोप्य राख्दा फाइदा हुनेछ। मातृधन तथा आमाको राय–सुझावबाट लाभ उठाउन सकिनेछ। पशुधन र जमिनबाट पनि फाइदै होला।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusसानै प्रयत्नले पनि राम्रो फाइदा होला। कृषि र व्यवसायमा केही लगानीपछि फाइदा हुनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। पराक्रम र उत्साह बढ्नेछ। काम गरेरै प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। सहयोगीहरूले राम्रै साथ दिनेछन् र सोचेजस्तै सफलता मिल्ने समय छ। नयाँ काममा हात हाल्ने बेला आएको छ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesआजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन्। व्यावसायिक काममा अवरोध आउने देखिन्छ। खर्चको मात्रा बढ्ने र आर्थिक अभावले सताउने योग छ। बोलीको गलत अर्थ लाग्ने वा तपाईंको अभिव्यक्तिबाट विवाद उत्पन्न हुने सम्भावना छ, मान–सम्मानमा आघात पुग्न सक्छ। विगतमा गरिएको श्रमबाट भने राम्रै लाभ होला।

0 comments

Write Down Your Responses

Powered by Blogger.