साउथका १० हट नायिका

साउथ इण्डियन फिल्म कत्तिको हेर्नुहुन्छ? भाषा नबुझेपनि एक्सन र आकर्षक नायिकाहरुको कारणले भएपनि साउथ इण्डियन फिल्म हेर्ने तपाइ हामी यहीँ छौं। झुसिलकिरा जस्तो जुगाँ सहितका नायकहरुले मस्त कुटेको एक्सन सिन देखि सुन्दरताले भरिएका नायिकाहरुको झलकको लागि भएपनि साउथ इण्डिएन फिल्म नेपाली माझ पनि चर्चित नै छ।
यिनै साउथ इण्डियन फिल्मका टप १० हट नायिकाहरु को को छन त?
१. श्रिया सारन
सन १९८२ सेप्टेम्बर ११ मा भारतको देहरादुनमा जन्मेकी श्रियाको पुरा नाम भने श्रिया पुष्पेन्द्र सारन हो। ५ फिट ६ इन्च उचाइकी यि नायिकाले तलेगु, तामिल, मलायालम र हिन्दी फिल्महरुका साथै केही अङ्ग्रेजी र कन्नड फिल्ममा पनि अभिनय गरिसकेकी छिन। उनको पहिलो फिल्म २००१ को तेलेगु फिल्म ‘इस्तम’ हो तर पहिलो व्यवसायिक सफल फिल्म भने २००२ को सन्तोषम रहेको छ।
top10 1 1
top10 1 1top10 1 1
२. नयनतारा
सन् १९८४ नोभेम्बर १८ मा भारतको बेंगलुरू मा जन्मेकी नयनताराको पुरा नाम डायना मारियम कुरियन हो। ५ फिट २ इन्च अग्ली यि नायिकाले २००५ मा तामिल भाषाको ‘अय्या’ नामक पहिलो फिल्म खेलिन र एक वर्ष पश्चात ‘लक्ष्मी’ फिल्म खेल्दै तेलेगु फिल्म इन्डस्ट्रीमा पनि खाता खोलिन। २०११ को ‘श्री रामा रज्याम’ नामक तेलेगु फिल्मको ‘सीता’ पात्रको लागि ‘उत्कृष्ट तेलेगु नायिका’को लागि फिल्म फेयर अवार्ड पनि जितिकी छिन नयनताराले।
top10 1 1top10 1 1top10 1 1
३. नमिथा
सन् १९८१ को मे १० मा जन्मेएकी नमिथाले तेलेगु, तामिल, कन्नड, हिन्दी तथा मलायालम फिल्महरुमा अभिनय गरिसकेकी छिन। ६ फिट अग्ली यि नायिका सन् २००१ को मिस इण्डिया पेजेन्टमा ‘फोर्थ रनर अप’ भएकी थिइन जुन बेला सेलिना जेट्लीले मिस इण्डियाको क्राउन लगाएकी थिइन।
top10 1 1top10 1 1top10 1 1
४. काजल अग्रवाल
सन् १९८५ को जुन १९ मा मुम्बइमा जन्मेकी काजललाइ तेलेगु र तामिल फिल्महरुले सफलताको शिखरमा पुर्याएको छ भन्दा फरक पर्दैन। २००४ को ‘क्यु…!हो गया ना’ नामक हिन्दी फिल्मबाट बलिउडमा पनि करिअरि अघि बढाइन काजलले।
५ फिट ३ इन्च अग्ली यि नायिकाले खेलेको तेलेगु फिल्म ‘मगधिरा’ (सन् २००९) तेलेगु इन्डस्ट्रिमा ठुलो हिट बन्यो र यहि फिल्मबाटै ‘उत्कृष्ट तेलेगु नायिका’ को लागि फिल्म फेयर पनि जितिन काजलले।
top10 1 1top10 1 1top10 1 1
५. तमन्ना भाटिया
सन् १९८९ डिसेम्बर २१ मा मुम्बइमा जन्मेकी तमन्नाले आफ्नो एक्टिङ करिअरको सुरुवात बलिउड फिल्म ‘चाँद सा रोशन चेहेरा’ फिल्मबाट गरेकी थिइन। ५ फिट ६ इन्च अग्ली यि नायिकाले साउथको यात्रा भने तेलेगु फिल्म ‘श्री’ बाट गरेकी थिइन्।
top10 1 1top10 1 1top10 1 1
यो पनि पढ्नुहोस्।
६. त्रिशा
सन् १९८३ मे ४ मा जन्मेकी त्रिशाको पुरा नाम त्रिशा कृष्णन हो। ५ फिट ८ इन्च अग्ली यि नायिकाले १९९९ मा ‘मिस मद्रास’ को ताज पनि पहिरेकी छिन्। सन् १९९९ मा तामिल फिल्म ‘जोडी’ मा सहायक भुमिकामा देखिसकेपछि २००२ मा ‘मौनम पेसीयधे’ मा पहिलो पटक मुख्य भुमिकामा देखापरेकी थिइन त्रिशा
top10 1 1top10 1 1top10 1 1
७. प्रियामनि
सन् १९८४ जुन ४ मा भारतको बेंगलुरूमा जन्मेकी प्रियामनि ५ फिट ६ इन्च अग्ली छिन। सन् २००४ मा तामिल फिल्म ‘कंगलाल कैथू सेइ’ र मलायालम फिल्म ‘सत्याम’ बाट डेब्यु गरेकी प्रियामनिले २००७ मा गाँउको केटीको भुमिकामा खेलेको तामिल फिल्म ‘पारूथिवीरन’ ले धेरै चर्चा बटुल्यो। फलस्वरुप ‘उत्कृष्ट नायिका’ को लागि राष्ट्रिय फिल्म फेयर अवार्ड र तामिल नाडु फिल्म फेयर पनि जितिन प्रियामनिले।
top10 1 1top10 1 1top10 1 1
८. इलियाना डी’क्रूज़
सन् १९८७ को नोभेम्बर १ मा मुम्बइमा जन्मेकी इलियाना ५ फिट ५ इन्च अग्ली छिन। तेलेगु, तामिल र हिन्दी फिल्ममा अभिनय गरिसकेकी इलियानाले तेलेगु फिल्म ‘देवदासु’ को लागि सन् २००६ मा ‘बेस्ट फिमेदल डेब्युट’ को लागि फिल्म फेयर पनि जितेकी थिइन। अनुराग बासुको फिल्म ‘बर्फि’ बाट बलिउडमा पाइला टेकेकी इलियानाले फेरी ‘बेस्ट फिमेदल डेब्युट’ कै लागि फिल्मफेयर जितेकी थिइन।
top10 1 1  top10 1 1top10 1 1
९. जेनेलिया डिसूजा
सन् १९८७ अगस्त ५ मा मुम्बइमा जन्मेकी जेनेलिया ५ फिट ६ इन्च अग्लि छिन्। अमिताभ बच्चन संगको ‘पार्कर पेन’ विज्ञापनमा देखा परेपछि, सन् २००३ मा ‘तुजे मेरी कसम’ फिल्मबाट आफ्नो करिअर सुरु गरेकी थिइन जेनेलियाले।
‘बोमारिलु’ नामक तेलेगु फिल्मले २००६ मा फिल्म फेयर पनि जिताएको थियो जेनेलियालाइ।
 top10 1 1 top10 1 1top10 1 1
१०. असिन थोट्टूमकल
सन १९८५ अक्टोबर २६ मा भारतको कोचीमा जन्मेकी असिन ५ फिट ७ इन्च अग्ली छिन्। यि नायिका भरतनाट्यम नाचमा पोख्त पनि छिन्। आठ वटा भाषा बोल्न सक्ने असिनलाइ कलिउडको रानी पनि भनिन्थ्यो। बलिउडमा भने २००८ मा ‘गजिनी’ बाट डेब्यु गरेकी थिइन असिनले।

top10 1 1top10 1 1top10 1 1

,

0 comments

Write Down Your Responses

Powered by Blogger.