डिस्कोमा प्रहरीको टाउको फोड्ने गुण्डा पक्राउ

फोटो :प्रहरी जवान रानाको टाउको फुटाएको अभियोगमा पक्राउ प्रशान्त गुरुङ । तस्बिर : नेपाल प्रहरी
पोखराः पर्यटकीय क्षेत्र लेकसाईडको ओजन डिस्कोमा प्रहरीको टाउको फोडेर भागेका  पोखरा–१७ का २६ वर्षीय डेंढे भन्ने प्रशान्त गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीसहितको समूहले गत फागुन २३ गते प्रहरी जवान भीमबहादुर रानाको टाउकोमा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको थियो ।

घटनापछि फरार उनलाई पोखराको रामबजारबाट पक्राउ गरिएको कास्कीका प्रहरी नायव उपरीक्षक केदार रजौरेले जानकारी दिए ।
घटनामा संलग्न पोखरा-९ नयाँबजारका २७ वर्षीय किरण गुरुङलाई गत चैत १९ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।

अभियुक्तहरुले मार्ने उद्धेश्यले फलामे रड, वियरका वोतल र घातक हतियारले आक्रमण गरेको जनाउँदै प्रहरीले अदालतमा मुद्दा दायर गरेको थियो ।

एमालेनिकट युवा संघका गण्डकी उपाध्यक्ष महेन्द्र गुरुङ भोटेले चलाएको उक्त डिस्कोमा घटनालगत्तै प्रहरीले भोटेसहितलाई पक्राउ गरेको थियो ।

प्रहरीको ‘गुण्डा’ सूचीमा रहेका भोटे धरौटीमा मुक्त भएका थिए । भोटे आपराधिक गिरोह ‘एलजी ग्रुप’ को नाममा धम्काएर रकम असुली र गुण्डागर्दीको अभियोगमा पक्राउ परेर छुटेका व्यक्ति हुन ।
प्रशान्तसहित टाउको फुटाएपछि रक्ताम्य प्रहरी जवान भीमबहादुर राना

0 comments

Write Down Your Responses

Powered by Blogger.