‘पिप्ली लाइभ’ चलचित्रका सह निर्देशक बलात्कारको आरोपमा पक्राउ

चर्चित बलिवुड चलचित्र पिप्ली लाइभका सह निर्देशक महमुद फारुकी बलात्कारको आरोपमा पक्राउ परेका छन् । दिल्ली प्रहरीले उनलाई एक ३५ वर्षीय अमेरिकी महिलालाई बलात्कारको आरोपमा पक्राउ गरेको हो ।
farooq_647_062115013102
आएएनएसँग कुरा गर्दै दिल्ली प्रहरीले फारुकीमाथि बलात्कारको आरोप रहेको बताएको छ । यो घटना गत मार्च २८ का दिन घटेको थियो र यस मामिलामा जुन १९ मा न्यु फ्रेन्डस् कोलोनी प्रहरी चौकीमा उजुरी दर्ता गरिएको थियो ।
‘आरोपित महमुद फारुकीलाई प्रक्राउ गरिएको र उनलाई सकेत अदालतमा पेश गरिएको थियो । उनलाई जुलाई ६ सम्म न्याययीक हिरासतमा राख्न अदालतले आदेश दिएको छ,’ एक प्रहरी अधिकारीले भने ।
पीडित कोलम्बिया विश्वविद्यालयकी पिएचडी रहेकी छिन् र उनी अनुसन्धानका लागि भारत आएकी थिइन् ।
यस विषयमा फारुकीकी पत्नी तथा चलचित्रका निर्देशक अनुशा रिज्भीसँग प्रतिक्रिया लिन खोज्दा उनले कुनै प्रतिक्रिया दिन मानिनन् ।
रिज्भी र फारुकीले मिलेर सन् २०१० को चर्चित ब्यंगात्मक कमेडी चलचित्र निर्देशन गरेका थिए । चलचित्रलाई सुपरस्टार आमिर खानले निर्माण गरेका थिए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.