अमेरिकामा नेपाली महिलाको हत्यारा फन्दामा

काठमाडौं, असार ६ – नेपाली महिलाको हत्यामा संलग्न एक युवकलाई अमेरिकाको कोलोनीस्थित प्रहरीले शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा डियोन दिवान किंगस्टोनलाई कोलोनी प्रहरीले डिपार्टमेन्टमा पक्राउ गरेको हो । अमेरिकाको टेक्सास राज्यमा ३१ वर्षीया समिरा सिवाकोटीलाई गत जेठ २८ गते बुधबार करिब ११ बजेतिर आफ्नै पसलमा गोली हानी हत्या गरिएको थियो 1434825389_Untitled-1। हत्यासहित विभिन्न चोरी घटनामा समेत संलग्न रहेका समिराको हत्याराबारेमा सूचना दिनेलाई अमेरिकन प्रहरीले १० हजार डलर पुरस्कार घोषणा गरेको थियो । त्यसैले किंगस्टोनलाई विभिन्न सुराकका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ । हिमालयन खबर अनलाइन का अनुसार समिराको हत्यापछि किंगस्टोन छिमेकीकोमा लुकेका थिए । प्रहरीले सार्वजनिक गरेपछि समिरा अत्या आरोपमा उनलाई अदालतमा मुद्दा प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ । समिराको परिवारले विगत चार वर्षदेखि स्टोर संचालन गर्दै आएका थिए । उनका तीन वर्षमूनिका दुई छोरी पनि छन् ।  

0 comments

Write Down Your Responses

Powered by Blogger.