पारसको थाई प्रेमिकाले भनिन्, ‘पारस विवाहित हुन् भन्ने थाहा थिएन’

kannikaकाठमाडौं, असार ६ – पूर्व यूवराज पारस साह विवाहित हुन्न् भन्ने आफूलाई थाहा नभएको पारसको थाई प्रेमिका कन्निका चाइयर्सनले बताएकी छन् ।
आफूलाई पारसबारे मात्रै थाहा भएको र नेपालीहरुसँग पनि चिनजान नभएकाले उनी विवाहित हुन् भन्नेसमेत आफूलाई थाहा नभएको उनको दाबी छ ।
केहि पहिलेमात्रै पारस आफ्नो श्रीमान भएको भन्दै फेसबुक मा लेख्ने चाइयर्सनले अहिले सबै कुरा थाहा भएको भन्दै नेपाली जनतासँग माफी मागेकी हुन् ।
उनले नेपालका युवराज जस्तो मान्छे र विवाहित भएको नेपालीहरुमार्फत थाहा पाएको जनाउँदै क्षमायाचनासमेत मागेकी हुन् ।
कन्निकाले शनिबार साँझ सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘नेपालमा कोही पनि चिनजानका मान्छेहरु नहुँदा पारस पूर्व युवराज र विवाहित हुन् भन्ने थाहा भएन, त्यसका लागि म सबैसँग माफी माग्न चाहन्छु ।’
कन्निकाले घुमाउरो शैलीमा सबै कुरा थाहा पाएपछि पारसलाई छाडेको समेत बताउँदै उनले आफू कसैको मजाकको मात्र नभई सिधा केटी भएको बताएकी छन् ।
‘म सिधा केटी हुँ, अरुको लागि मजाक बन्न चाहन्न’, उनले भनेकी छन्, ‘पारस नाम गरेको व्यक्ति जो नेपालको हुनुहुन्छ, उनी तपाईहरुको पूर्व युवराज भन्ने सम्म पनि थाहा थिएन ।’
थाइल्यान्डमा हुँदा कन्निकासँगै बसेका पारस हाल स्वदेशमै छन् ।
केहि महिना पहिलेमात्रै थाइल्याण्डको लामो समयको बसाइपछि पारस काठमाडौं फकिर्एका थिए ।
नेपाल आए यता हाल उनी कुनैपनि औपचारिक कार्यक्रममा देखा परेका छैनन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.