यस्ता छन् श्रद्धा कपुरका गोप्य कुरा

मुम्बई । अहिले रिलिज भईरहेको चलचित्र ‘एबीसीडी-२’मा मुख्य भुमिका निर्वाह गरेकी छिन् श्रद्धा कपुरले ।
फिल्मले राम्रो ब्यापार गरेपछि श्रद्धाले करिअर चम्किएको महसुस् गरेकी छिन् । पछिल्लो समय चर्चित हुन पगेकी यी नायिकाको स्वभाव कस्तो होला भन्ने जिज्ञासा मेटाउनकै लागि भारतीय समाचार एजेन्सीले उनका केही गोप्य कुरा सार्वजनिक गरेका छन् ।Shraddha-Kapoor
श्रद्धा कपुरलाई फोनमा कुरा गर्न कत्ति अल्छी लाग्दैन । जति फोन आएपनि रिसिभ गर्छिन । तर म्यासेज गर्ने कुरामा अल्छी छिन् । उनी म्यासेज गर्न भन्दा फोन गर्नमै रमाउँछिन् । उनी पेन्टिङमा निकै रुची राख्छिन् । उनले थुप्रै पेन्टिङ किनेकी पनि छिन् ।
बिहानको समय समुन्द्र किनारमा डुल्दा निकै रमाईलो लाग्छ उनलाई । उनको बसाई पनि समुन्द्री किनारमै छ । उनी हरेक बिहान केही समय समुन्द्र किनारमा डुलेरै बिताउँछिन् ।
उनको मन पर्ने पेय पदार्थ हो, चिया । पछिल्लो केही दिन यता ग्रीन टी पिउन थालेकी छिन् । प्रविधिको विषयमा उनी सचेत छिन् तर, प्रविधिका लागि भन्दै समय खर्चिने बानी छैन उनको । उनले घरमा सबैभन्दा धेरै माया कुकुरलाई गर्छिन । उनले पालेको कुकुरले पनि उनलाई उत्तिकै मन पराउने गरेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.