यस्तो हुनेछ आइफोन सेभेन

iphone-7
एप्पलको आइफोनका पारखीहरुका लागि खुसीको खबर छ । एप्पलले निकट भविष्यमा बजारमा ल्याउने आइफोन ७ यस्तो हुनेछ, जुन विद्यमान स्मार्टफोनहरुको आधारमा हुने कल्पना भन्दा निकै भिन्न हुनेछ । एप्पलका भित्रिया समाचार लिक गर्ने बिभिन्न ब्लग र अन्तराष्ट्रिय प्रबिधि पोर्टलहरूले अाइफोन ७ का बिषयमा बिभिन्न खुलासा गरिरहेका छन् ।
समाचार अनुसार आइफोन ७ मा होम बटन हुनेछैन । होम बटन नहुने भएपछि स्मार्टफोनको पूरै फ्रन्ट प्यानलमा स्मार्टफोनको स्क्रिन रहनेछ । होम बटन हुने ठाउँमा फिंगरपि्रन्ट सेन्सर हुनेछ, जसका कारण यो आइफोनले निकै अत्याधुनिक तथा अनौठो तरिकाले काम गर्नेछ ।
डिजीटाइम्सका अनुसार आइफोन सेभेनमा एप्पलले नयाँ प्रविधिको प्रयोग गर्दैछ, त्यसको नाम हो टच एण्ड डिस्प्ले ड्राइभर इन्टिग्रेसन अर्थात् टीडीडीआइ सिंगल चिप सोल्यूसन । यो प्रविधि एकिकृत फिंगरप्रिन्ट सेन्सरयुक्त हुनेछ । यो प्रविधिको प्रयोगले आइफोन सेभेनलाई निकै पातलो अर्थात् अक्स्ट्रा स्लिमका साथै डिस्प्लेलाई अल्ट्रा न्यारो बनाउनका लागि सहयोग मिल्नेछ ।
एप इनसाइडरका अनुसार एप्पलको यो जादुमयी फोन २०१७ सम्ममा बजारमा आउनेछ । एप्पलका कैयन् नयाँ प्रोजेक्टका बारेमा प्रायः सही जानकारी दिने सबैजसो सुत्रहरुले आइफोन सेभेनमा एप्पलले होम बटन हटाएर नयाँ प्रविधिको प्रयोग गर्न लागेको पुष्टि गरेका छन् ।
दाबी गरिएअनुसारको प्रविधिले युक्त आइफोन सेभेन बजारमा आयो भने सेल्फीप्रेमीहरुका लागि यो फोन पहिलो रोजाइको हुनेछ । किनकी आइफोन सेभेनबाट निकै सार्प सेल्फी लिन सकिनेछ । एप्पलले आगामी आइफोनको फ्रन्ट क्यामराको क्षमता विस्तार गर्न लागेको आइओएस नाइनको कोडिङको विश्लेषण गर्ने विज्ञहरुले बताएका छन् ।
iphone7आइफोन सेभेनको फ्रन्ट क्यामराबाटै फुल एचडी भिडियो रेकर्ड गर्न सकिनेछ र फ्लास समेत दिन सकिन्छ । आइओएस नाइस फेसटाइम क्यामरालाई १०८० पिक्सेलमा भिडियो रेकर्ड गर्न मद्दत गर्दछ । जबकी आइफोन सिक्स तथा सिक्स प्लसमा ७२० पिक्सेलको फ्रन्ट क्यामरा छ । फ्रन्ट क्यामराको क्षमता विस्तारका कारण आइफोन सेभेनबाटै प्यानोरेमिक सेल्फी लिन सकिनेछ ।
आइफोन सेभेनमा फोर्स टच प्रविधि हुनेछ जसले एप्स प्रयोगलाई अझै सहज बनाउनेछ । यो प्रविधिलाई एप्पलले म्याकबुकमा प्रयोग गरिसकेको छ । यो प्रविधि अनुसार यदि तपाइँले फोनको स्क्रिनमा केही सेकेण्डसम्म थिचिरहनुभयो भने फोनले बुझ्नेछ की तपाइँ फोन मेनुमा जान चाहनुहुन्छ । अनि आइफोनको स्क्रिनमा फोन मेनु देखिनेछ ।
श्रोतका अनुसार आइफोन सेभेनमा ए नाइन प्रोसेसर, २ जिबी र्याम हुनुका साथै १२ मेगापिक्सेलको पछाडिको क्यामरा रहने बताइएको छ । श्रोतका अनुसार आइफोन सेभेनमा एप्पल वाचमा जस्तै आल्मुनियम तथा रोज गोल्डको प्रयोग गरिनेछ ।
अाइफोन सिक्स एस सार्वजनिक भएपछि अाइफोन सेभेन अाउने वा अाइफोन सेभेन तुरून्तै रिलिज हुने भन्नेबारे यकिन भएको छैन् । केही सूत्रहरूले सस्तो भर्सनको अाइफोन सिक्स सी र अाइफोनको नयाँ भर्सन सिक्स एस अागामी सेप्टेम्बरमा रिलिज हुन लागेको दावी गरिरहेका छन् ।  -एजेन्सी

0 comments

Write Down Your Responses

Powered by Blogger.