९९ वर्षकी महिला गर्भवती ! अस्पतालले भन्यो ‘बच्चा पाउन आउ’

उमेरले डाडा काटिसकेकी डोरिस एलिंगका ३ जना छोराछोरी, सातजना नाति नातिना तथा १३ जना पनाति पनातिनाहरु छन् । सायद उनले अब यो जुनीमा अरु बच्चा जन्माउन सक्दिनन् । तर ९९ वर्षकी डोरिसलाई एक अस्पतालले भने गर्भवती घोषणा गर्दै निर्धारित99 preg डेटमा बच्चा जन्माउनका लागि अस्पताल भर्ना हुन आउन चिठी नै पठायो ।
बेलायतको वेष्ट ससेक्सकी बासिन्दा डोरिसलाई पोर्टस्माउथस्थित फेयरह्याम सामुदायिक अस्पतालले एक पत्र पठाउँदै उनलाई बच्चा जन्माउनका लागि अस्पतालको पूर्वप्रसुति कक्षमा आएर भर्ना हुन अनुरोध गर्यो ।
२० वर्ष, २३ वर्ष र २९ वर्षकी हुँदा लगातार तिनवटा सन्तान जन्माएर त्यसपछि सन्तान नजन्माएकी डोरिसलाई ९० वर्षको उमेरमा आफुले चिन्दै नचिनेको तथा कहिल्यै उपचारका लागि जाँदै नगएको अस्पतालले गर्भवती घोषणा गर्दै सुत्केरी हुन बोलाएपछि उनी तिनछक पर्नुको विकल्प थिएन ।
अस्पतालले पठाएको पत्रमा उनको जन्ममिति पनि सही अर्थात् सन् १९१५ नै उल्लेख गरिएको थियो ।
आफ्नी ९९ वर्षकी आमालाई अस्पतालले गर्भवती भन्दै सुत्केरी हुन बोलाएपछि उनका परिवारका सबै सन्तान तथा दरसन्तान अचम्मित भए । उनका ७६ वर्षका छोरा ब्रायनले तत्कालै उक्त अस्पतालमा फोन सम्पर्क गरी आफ्नो आमालाई पठाइएको चिठीको विषयमा सोधपुछ गरेर सबै कुरा बताएपछि अस्पताल प्रशासन छाँगोबाट खसेझै भयो । अस्पतालले तत्कालै उनीसँग माफी माग्यो ।
‘म निकै अचम्मित भएँ । म त्यो अस्पतालमा कहिल्यैपनि गएको थिइन र त्यो अस्पताल कहाँ छ मलाई थाहा छैन । यस्तो चिठी मलाई कसरी आयो यो पूरै अनौठो छ । मैले २०, २३ तथा २९ वर्षकी हुँदा सन्तान जन्माएकी थिएँ र मलाई त्यत्तिमै पुग्यो । के अहिले १ सय वर्षकी हुनलाग्दा गर्भ बोकेकी हुँला त ?’, हजुरआमाले प्रश्न गरेकी छिन् ।
ती हजुरआमाका तिनजना छोराछोरी नै सबै पेन्सनर भैसकेका छन् । आमालाई आएको त्यस्तो चिठी ठूलो हाँसोको विषय बनेको उनीहरु बताउँछन् ।
अस्पतालका प्रवक्ताले अर्कै महिलालाई लेखेको चिठी भुलवस वृद्धालाई गएको भन्दै यस्तो दुर्लभ प्रशासनिक गल्तीप्रति क्षमाप्रार्थी भएको जनाएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.