वेपत्ता बालकको शव भेटियो, बलि दिएको आशंकामा ९ पक्राऊ

नवलपरासी । नवलपरासीको कुडियामा १० वर्षीय बालकलाई बलि दिएको भन्दै ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक जगतबन्धु पोख्रेलका अनुसार स्थानीयले बालकलाई बलिदिएर हत्या गरेको जनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।
गत पाँच गतेदेखि वेपत्ता १० वर्षीय बालक कुडिया ४ निवासी सोनी भन्ने जीवन कहाँरको शव शुक्रबार घरदेखि ४ सय मिटर पूर्व पिगेप गेष्ट हाउसको पछाडि फेला परेको हो । बालकको घाँटी रेटी हत्या गरिएको अवस्थामा शव भेटिएको छ ।
गाउँमा लामाझाँक्रीको काम गर्दै आएका छिमेकी कोदई हरिजनको घरमा बालकको रगतको टाटा समेत देखिएको भन्दै प्रहरीले अनुसन्धान जारी राखेको छ ।
कोदई हरिजन फरार छन् भने अन्य ९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा लक्ष्मी हरिजन, विजय हरिजन, शान्ति हरिजन, सूर्यमान हरिजन, रुदल हरिजन लगायत छन् ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.