जहाँ सय महिलाका लागि छन् जम्मा ८६ पुरुष, विश्वको सबैभन्दा ठूलो देशका केही रोचक तथ्यहरु

russian-women
नेपालमा पनि लैंगिक अनुपात हेर्ने हो भने पुरुषको तुलनामा महिलाको संख्या बढि छ । तर लैंगिक असन्तुलन नै पैदा गर्ने खालको भने होइन । विश्वमा एउटा यस्तो देश छ जहाँ महिलाको संख्या भने पुरुषको संख्या डरलाग्दो गरी कम छ । त्यहाँ हरेक १ सय महिलाका लागि ८६ जना पुरुषमात्र छन् ।
विश्वको सबैभन्दा ठूलो देश रुसमा पुरुषको लैंगिक अनुपात निकै कम रहेको हो । झण्डै साढे १४ करोड जनसंख्या रहेको रुसमा यस्तो लैंगिक असन्तुलन हुनुको कारण छोरीहरु धेरै जन्मिएर भने होइन । त्यहाँ जन्मिने बच्चामा छोरी भन्दा छोराको संख्या नै बढि छ । अझ १ देखि १४ वर्ष उमेरका बालबालिकाको लैंगिक अनुपातको कुरा गर्ने हो भने त हरेक १ सय बालिकाका लागि १ सय ६ बालक छन् ।
पछिल्लो समयमा छोरा बढि जन्मिएपनि महिलाको संख्या पुरुषको भन्दा निकै बढि हुनुको मुख्य कारण भने दोश्रो युद्धलाई लिइएको छ । दोश्रो विश्वयुद्धमा धेरै रुसी पुरुष सैनिकले ज्यान गुमाएका थिए । जसका कारण सैनिकका विधवाको संख्या निकै उच्च भएको थियो । अहिले पनि वृद्धा सैनिक विधवाहरुको संख्या रुसमा उच्च छ ।
क्षेत्रफलको हिसाबले विश्वको सबैभन्दा ठूलो देश रुसमा विश्वको सबैभन्दा ठूलो रेल संजाल पनि छ । रुसको द ट्रान्स साइबेरियन रेलवे ९ हजार २ सय किलोमिटर सम्म फैलिएको छ । मस्कोदेखि सुरु भएर यो रेल एसियासम्म पुग्दछ । यो रेलवेको पूरै रेलयात्रा गर्न १ सय ५२ घण्टा २७ मिनेट लाग्दछ ।
रुसमा फूलप्रति अचम्मको अन्धविश्वास छ । रुसमा कुनैपनि पुरुषले आफुलाई मन परेको महिलालाई एक दर्जन गुलाफको फूल दिन सक्दैनन् । त्यहाँ यस्तो मान्यता छ की जोर संख्यामा फूल दिनु हुँदैन, बिजोर संख्यामा दिनुपर्छ । जोर संख्यामा प्रेमी प्रेमिकालाई फूल् दिएमा भाग्य खराब हुने मान्यता रुसीहरुमा छन् ।
रुसको राजधानी मस्को विश्वको यस्तो सहर हो जहाँ सबैभन्दा धेरै अर्बपछि बस्दछन् । त्यहाँ ७५ जना अर्बपति छन् । यो संख्या न्युयोर्कका अर्वपतिको संख्या भन्दा तिनगुण बढि हो ।
रुसको क्षेत्रफल विश्वको कुल भुभागको ९ प्रतिशत भन्दा बढि छ । यसको क्षेत्रफल १ करोड ७१ लाखबढी वर्गकिलोमिटर छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.