स्वेताको बिहे प्रस्ताव श्रीकृष्णले सिजन हेरेर स्विकार्ने

नायक श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्का बिचको सम्बन्ध जतिसुकै लुकाउन खोजेपनि लुकेको छैन । उनीहरुले एक अर्कालाई राम्रो साथीको रुपमा परिचय दिइरहेका छन् । तर पनि आम चलचित्रकर्मी र दर्शक श्रीकृष्ण र स्वेता बिचमा प्रेम सम्बन्ध रहेको कुरामा दुइमत राख्दैनन् ।
उमेर ढल्कदै गएतापनि श्रीकृष्णले बिहे गरेका छैनन् । उनले स्वेतासँगको आफ्नो सम्बन्ध साथीको भएको बताएतापनि बिहेको बिषयमा भने केही कुरा खोलेका छन् । कुरा गर्दै उनले स्वेताले बिहेको प्रस्ताव राखे अस्विकार गर्ने कुरा गरेनन् । उनले स्वेताको बिहे प्रस्ताव समय, परिस्थिती र सिजन हेरेर जवाफ दिने बताएर सबैलाई अचम्ममा पारेका छन् ।
केही समय अघि एक प्रश्नमा नायिका स्वेता खड्काले भने श्रीकृष्णले बिहे प्रस्ताव गरेमा अस्विकार गर्ने बताएकी थिइन् । तर श्रीकृष्णले भने उनको बिहे प्रस्तावलाई मौसम र समय हेरेर जवाफ दिने बताएर हरियो बत्ती बालिदिएका छन् ।
तर लामो समयदेखि पाल्दै आएका आफ्नो टुप्पीको भन्दा स्वेताको माया कम लाग्ने उनको तर्क छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.