‘बीग बोस’बाट सलमानलाई रिप्लेस गर्दै रणवीर

बलिउड चकलेटी नायक रणवीर कपुरले फेरि नयाँ दाउ मार्ने छनक देखाएका छन् । सलमान खानले संचालन गर्दै आएको चर्चित रियालिटी शो ‘बीग बोस‘को नयाँ सिजनमा रणवीर देखिने सम्भावना छ ।
भारतको एक चर्चित अनलाइन पत्रिकाको समाचारलाई आधार मान्ने हो भने रणवीर सलमानको हातबाट सर्वाधिक दर्शकले हेर्ने यो चर्चित रियालिटी शो पनि खोस्दैछन् । ‘बीग बोस सिजन ७’ मा नै सलमानले यो शो नचलाउने संकेत गरेका थिए । सलमान सामाजिक बिषयवस्तुमा आधारित शो संचालन गर्ने तयारी गरिरहेका छन् । यसैले उनले ‘बीग बोस’ संचालन गर्न नभ्याउने बताइएको छ ।
जसका कारण पनि सलमानले संचालन गर्दै आएको चर्चित शोको नयाँ सिजनमा बलिउडका अर्का चर्चित नायक रणवीर कपुर देखिने संभावना छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.