अमिताभ बच्चनसँगको सिनेमा छोडिन् परिणितीले
यो
क्षणलाई निक्कै दुर्भाग्यपूर्ण भन्दै बलिउड चुलबुले नायिका परिणिती
चोपडाले एक आशातित सिनेमा छोडेकी छिन् । अमिताभ बच्चनको छोरीको रुपमा उनलाई
सिनेमामा अफर गरिएको थियो ।
तर अर्को एक ठूलो सिनेमासँग छायांकन मिति
जुधेपछि परिणितीले अमिताभ बच्चनसँग काम गर्ने अवसर गुमाएकी हुन् । ‘पीकु’
नाम गरेको यो सिनेमालाई सुजित सरकारले निर्देशन गर्दैछन् । सुुजितले यसअघि
बनाएको चलचित्र ‘विक्की डोनर’ सर्वाधिक हिट भएको थियो ।
यो सिनेमालाई जूही चतुर्वेदीले लेखेका
हुन् । यसलाई बलिउडमा अपेक्षाका साथ हेरिएको छ । परिणितीले अमिताभ बच्चनसँग
चाडै नै काम गर्ने मौका मिल्ने आशा पनि गरेकी छिन् ।
0 comments
Write Down Your Responses