एक घण्टाभित्र अस्पताल खोल्न सर्वोच्चको आदेश


६ माघ, काठमाडौं । सर्वोच्च अदालतले स्वास्थ्य सेवामा हड्ताल नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश प्रकाश वस्तीको एकल इजलासले अस्पताल अत्यावश्यकीय सेवा भएको भन्दै आदेश प्राप्त भएको एक घण्टाभित्र सेवा सुचारु गर्न आदेश दिएको हो । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीको आमरण अनशनको समर्थनमा सरकारी तथा निजी अस्पतालका डाक्टरहरुले आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् । डिन प्रकाश सामयमीको राजीनामा फिर्ता गरी नयाा डिन नियुक्त शशी शर्मालाई हटाउनु पर्ने लगायतका सातबुादे माग राख्दै केसी ९ दिनदेखि आमरण अनशनमा बसेका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.