भाषा नजान्दा डाक्टरले बिरामीलाई अस्पताल निकाला गरे

नेपालमा आन्दोलनका नाममा डाक्टरहरुले अक्सिजन लिइरहेका विरामीहरुलाई समेत डिस्चार्ज गरेर पठाएको घटनालाई धेरैको मन दुखाएको छ । डा. गोविन्द केसीको माग जायज भएको बताउनेहरुले पनि डाक्टरहरुकोे रवैयाको आलोचना गरेका छन् ।
क्यानडामा भने अस्पतालका कर्मचारीलाई अग्रेजीमा बोल्न आग्रह गर्दा एक विरामी निकालिएका छन् । छाती दुखेको भन्दै एक महिला वरदान अस्पताल पुगेकी थिइन् । डाक्टरले एक नर्सलाई उनको रगत लगायतको परीक्षण गर्न भनेका थिए ।
रगतको नमुना लिने क्रममा नर्सले फ्रान्सेली भाषामा हात टेवलमा राख्न भनेकी थिइन् । उनले आफ्नो देब्रे हात टेवलमा राखिन् । उनले नबुझेपनि सँगै रहेका प्रेमीले फ्रान्सेली भाषा राम्रो बुझ्थे । तर, उनले अग्रेजीमा विरामीलाई भन्न आग्रह गरे ।
तर, एक्कसी नर्सले आक्रोसित हुँदै दाहिने र देब्रे हातबीच फरक छैन भन्दै गाली गर्नुका साथै अपशब्द प्रयोग गरेर अस्पताल छाड्न भनेको उनका प्रेमी जबरी रडवायले दावी गरेका छन् । पछि सुरक्षा गार्डले अस्पतालबाट निकालेको उनीहरुको दावी छ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.