ए डिभिजन लिगमा मनाङ र पुलिसले अंक बाँडे

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मस्र्याङ्दी र नेपाल पुलिस क्लबले अंक बाँडेका छन् । बिहीबार भएको खेलमा पुलिससँग १-१ को बराबरी खेल्दै लिग लिडर मनाङले अंक बाँडेको हो ।



बराबरीपछि मनाङ १० खेलबाट २३ अंकका साथ शीर्ष स्थानमा कायमै छ । तर, बराबरीको फाइदा दोस्रो स्थानमा रहेको थ्रीस्टारलाई भएको छ । उसको समान खेलबाछ २० अंक छ । पुसिल १८ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ ।



त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङले ३१ औं मिनेटमा दिपक राईको गोलबाट अग्रता लिए पनि जोगाउन सकेन । खेलको ६८ औं मिनेटमा भरत साहले पुलिसका लागि बराबरी गोल फर्काए ।



खेलमा दुबै टोलीले केही राम्रो मौका पाए पनि गोल गर्न सकेनन् र १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.