दसैंका यात्रु बोकेका बस धादिङमा ठोक्किए, ५ जनाको मृत्यु

१३ असोज, काठमाडौं । दसैंमा घर जाने यात्रु बोकेर गुडेका बस धादिङमा एकआपसमा ठोक्किएर भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ ।
दुर्घटनामा परी कान्छी थापामगर र कृतिका थापामगरको मृत्यु भएको छ । तीन जनाको परिचय खुल्न सकेको छैन् । २० जना भन्दाबढी घाइते भएका छन् । उनीहरुको उद्दार गरी उपचारका लागि काठमाडौं पठाइएको र दुर्घटनामा उद्दार कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
धादिङको सिम्लेमा काठमाडौंबाट काँकडभिट्टा जाँदै गरेको ना ५ ख ८३८४ नम्बरको बस र बेनीबाट काठमाडौं आउँदै गरेको ना ३ ख ७६३३ नम्बरको बस एक आपसमा ठोक्किएका थिए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.