म नेपालका भूकम्प पीडितलाई सहयोग गर्दिन : सलमान

एजेन्सी– भारतीय अभिनेता सलमान खानले आफूले नेपालमा आएको भूकम्पमा कुनै सहयोग नगरेको बताएका छन् । बलिउडका थुप्रै सेलिब्रेटीहरुले भूकम्पपीडित नेपालीलाई सहयोगका लागि हात अगाडि बढाए पनि सलमानले भने आफ्नो संस्थाले भारतमा मात्रै काम गर्ने भन्दै नेपाललाई सहयोग गर्ने काम नगरेको बताएका हुन् । यो कुराको जानकारी शनिबार राति उनले आफ्नो फेसबुकमार्फत दिएका हुन् ।
केही मिडियाले उनको संस्था ‘विइङ ह््युमन’ले भूकम्पपीडित नेपालीलाई आर्थिक सहयोग गरेको समचारको खण्डन गर्दै उनले यो खबर झुटो भएको बताएका हुन् । र, सलमानले आफ्नो संस्थाले भारतमा मात्रै सहयोग गर्ने कुरा पनि फेसबुकमा उल्लेख गरेका छन् । अन्य सहयोगी कलाकारहरुका साथमा सलमानको पनि नाम आएपछि उनले यसको खण्डन गरेका हुन् । एकातर्फ बलिउडका कलाकारहरु टिभीमा छिमेकी छिमेकीका लागि काम लाग्ने सन्देश दिँदै नेपालका पीडितका लागि मद्दत माग्दै अगाडि आइरहेको बेला सलमान अर्काे कित्तमा उभिएका छन् । सलमानका प्रशंसकहरु भने उनले छिमेकी मूलुकमा पनि सहयोग गर्नुपर्ने बताउँदै आएका छन् ।  

,

0 comments

Write Down Your Responses

Powered by Blogger.