प्रधानमन्त्रीका लागि म पनि सक्षम छु : सुजाता कोइराला

भक्तपुर । नेपाली कांग्रेसको नेतृ सुजाता कोइरालाले राष्ट्रिय सरकार गठनको प्रस्ताव राम्रो नियतले नआएको बताएकी छन् ।
Sujata-koiralaरफत सञ्चार क्लबले बुधवार गरेको साक्षात्कार कार्यक्रममा कोइरालाले सरकार परिवर्तन आवश्यक नभएको बताइन् ।
‘अब प्रधानमन्त्री बन्न उसले कति सयम जेल बस्यो भन्ने कुरालाई आधार मान्न हुँदैन’ उनले भनिन्-‘ प्रधानमन्त्रीका लागि नयाँ पुस्तामा धेरै व्यक्ति सक्षम छन्, त्यस मध्येमा म पनि हुँ ।’
अहिले समयमा सरकार परिवर्तन गर्ने खेलमा लागे संविधान नबन्ने, पुनःनिर्माणको काम ओझेलमा पर्ने र रानीतिक भूकम्प आउने उनको दाबी थियो ।
यही सरकारलाई सहयोग गर्दै राष्ट्रिय सरकार निर्माण गर्नुपर्नेमा उनको जोड थियो । वर्तमान मन्त्रीहरुले सकारात्मक काम गर्न नसकेको भन्दै उनेल मन्त्रीहरु भने परिवर्तन गर्नुपर्ने बताइन ।
यदि सरकार परिवर्तन गर्ने भए प्रधानमन्त्री कुर्सीका लागि मात्र नभएर परिवर्तनका लागि बन्न पर्ने भन्दै उनले आफू पनि परिवर्तन गर्न सक्षम रहेको बताइन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.