८ बर्षकी बच्चीले लिंग परिवर्तनको माग गरेपछि..

८ बर्षकी छोरीले लिंग परिवर्तन गर्दै पुरुष जनेन्द्रीयको माग गरेपछि उनकी आमा छाँगाबाट खसेजस्तै भएकी छिन् ।
डेली लाइफ पत्रिकासँगको अन्र्तवार्तामा एली राइटले भनिन– मैैले एक दिन कार हाँकिरहेकी थिएँ, त्यतिकैमा मेरी ८ बर्षिय छोरीले सोधिन कि उनी डाक्टरकहाँ गएर केटा बन्न सक्छिन कि सक्दिनन् ? पुरुषको जस्तो लिंग सम्भव छ कि छैन ?
उनले घर पुगेर गुगलमा सर्च गर्नुपर्ने जवाफ दिएपनि छोरीको कुरा सुनेर स्तब्ध भइन् । त्यसपछि उनी न्यू साउथ वेल्समा रहेको कपडा स्टोरमा गइन् । तर, छोरीले कहिले पनि केटीले लगाउने कपडा नरुचाएको उनले बताइन् ।
उनी आफुलाई केटा भन्न रुचाउँछिन र कपाललाई छोटो बनाएर जष्टिन बिबरको स्टाइलमा ढालेकी छिन् ।
दुई बर्षअघि जब स्कूलको एक कार्यक्रममा जब उनलाई केटीको टेन्टमा राखियो त्यसपछि यी बच्चीले प्रतिरोध गर्न कोसिस गरिन् । आफु केटी नभई केटा भएको भन्दै उनले टेन्ट चेन्ज माग गरेपनि सफल भइनन् । त्यसपछि स्कूलका प्रधान अध्यापकले राइटलाई फोन गरि छोरीको ब्यबहारबारे जानकारी गराएका थिए ।
उनका खासै केटी साथीहरु छैनन, उनी केटा साथीहरुसँगै खेल्न रुचाउँछिन, कसैले केटाको रुपमा ब्यबहार गर्दा उनलाई खुसी लाग्छ ।
लिंग परिवर्तनप्रति छोरीको रुची देखेर आमा भने चिन्तित छिन् । उनलाई थाहा छ– छोरीका आगामी दिन सहज छैनन् । जेसुकै भए पनि छोरीलाई हरेक पलमा सहयोग गर्ने उनको योजना छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.