अन्तत : एमालेलाई गृह दिएरै भएपनि मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा कोइराला !

प्रधानमन्त्री सुशील कोइरालाले आफू निकटका नेतालाई गृह दिएरै भएपनि एमालेलाई सरकारमा सहभागी गराउने गृहकार्य थाल्न अघि बढाएका छन् । कोइराला निकट स्रोतका अनुसार उनले बिना बिभागीय मन्त्री रामशरण महत, महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य मिनेन्द्र रिजालर दीपकुमार उपाध्यायलाई एमालेसँग वार्ता गर्न खटाएका हुन् ।

प्रधानमन्त्रीका लागि कोइरालालाई सघाएको एमालेको जारी केन्द्रीय समिति वैठकमा बोल्ने नेताहरुले गृह मन्त्रालय पाए पनि सरकारमा नगई पार्टी संबिधान निर्माणमा केन्द्रीत हुनुपर्ने धारणा राखेका थिए । यस्तो धारणा राख्नेमा वरिष्ठ नेता माधवकुमार नेपाललगायत छन् ।

मन्त्रिपरिषद् विस्तारको बिषयमा कांग्रेसभित्रै मतभेद बढेको बेला कोइरालाले एमाले मनाएर सरकारमा सहभागी गराउने अवस्थामा पुगेका हुन् । एमालेले गृह नपाए सरकारमा सहभागी नहुने अडान राख्दै आएको छ ।

एमालेसँगको विवाद र पार्टीको आन्तरिक किचलोका कारण प्रधानमन्त्री बनेको दुई साता बित्दा पनि कोइरालाले मन्त्रिपरिषद् विस्तार गर्न पाएका छैनन् । उनले सकेसम्म आजै मन्त्रिपरिषद् विस्तारको तयारी गरेको उनी निकट स्रोतले जनाएको छ ।
कांग्रेसभित्रै पनि प्रधानमन्त्री कोइराला र नेता देउवा पक्षबीच नेताबीच भागबण्डामा विवाद जारी छ । सम्मानजनक स्थान नभए आफू पक्षीय नेतालाई सरकारमा नपठाउने कांग्रेस नेता देउवाको कोइरालालाई चेतावनी दिएका थिए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.