यस्तो बन्ने भो सुशील कोइराला नेतृत्वको मन्त्रिपरिषद्

source:onlinekhabar
काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले आज मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ । प्रधानमन्त्रीमा निर्वाचित भएको १५ औं दिनमा कोइरालाले कांग्रेसका आठ मन्त्री र एक राज्यमन्त्री तथा एमालेका १० मन्त्रीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा माले सरकारमा जाने भए पनि आजै हुने नहुने निश्चित छैन ।
मन्त्रीहरुको सपथ साँझ ५ बजे राष्ट्रपति भवन शीतल निवासमा एक समारोहका बीच हुनेछ । नेपाली कांग्रेसबाट महामन्त्री प्रकाशमान सिंहले उपप्रधान तथा स्थानीय विकासमन्त्रीका रुपमा समथ लिँदैछन् । एमाले उपाध्यक्ष वामदेव गौतमले उपप्रधान तथा गृहमन्त्रीका रुपमा सपथ लिने कार्यक्रम छ ।
कांग्रेस सभापति कोइराला माघ २७ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । २८ गते सपथ लिएका कोइरालाले सोही दिन कांग्रेस नेता रामशरण महतलाई विना विभागीय मन्त्रीको सपथ गराएका थिए ।
उनलाई अर्थमन्त्रीको जिम्मेवारी दिइने भएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.