मोरङमा घरभाडा लिएर यौन व्यवसाय सञ्चालन

मोरङमा महिलाहरुले घर भाडा लिएर यौन व्यवसाय सञ्चालन गर्ने गरेको खुलासा भएको छ । उजुरीका आधारमा प्रहरीले छापा मार्न थालेपछि उक्त रहस्य खुलेको हो ।
गएको शनिवार विराटनगर १३ स्थित एक घर भाडामा लिएर यौन व्यवसाय संचालन गर्ने गरेको सुराकीको आधारमा प्रहरीले दुई महिलालाई नियन्त्रणमा लिएपछि यौन व्यवसायको नौलो तरिका अपनाउने गरेको जानकारीका वारे पर्दाफास भएको हो । प्रहरीले स्थानीयले दिएको सुचनाको आधारमा यौनकर्मी महिलालाई नियन्त्रणमा लिएको थियो । तीन तल्ले घरको दोश्रो तल्लाको सम्पुर्ण कोठा अर्थात फल्याट भाडामा लिएर उनीहरुले यौन व्यवसाय चलाउदै आएको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
होटलहरुमा हँुदै आएको वेश्यवृति नियन्त्रणका लागि प्रहरीले छापा मार्ने कार्य थालेपछि प्रहरीको आँखा छल्न यौनकर्मी महिलाहरुले कोठा भाडामा लिएर व्यवसया चलाउने गरेको पाइएको भने यो पहिलो घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक विश्राज पोख्रेलको भनाई छ । विराटनगरका धेरै होटलहरुमा खुलेआम वेश्यावृती हुने गरेको जनगुनासो वढेपछि प्रहरीले गएको मंसिर महिनादेखि नियमित रुपमा विराटनगरका होटलहरुमा छापा मादै आएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले तीन महिनाको अवधिमा विराटनगरका विभिन्न होटलमा छापा मारी ६० महिलासहित १ सय १६ जनालाई पक्राउ गरेको छ ।
यौन व्यवसाय अगालेको धैरै जासो यौनकर्मी महिलाहरुले होटलमा एक सात विताएको २ हजारदेखि ५ हजारसम्म लिने गरेको अनुसान्धानले देखाएको प्रहरीको भनाई छ ।तर प्रहरीले होटलमा छापा मार्ने क्रमलाई तिव्रता दिएपनि यौनकर्मी महिला कति छन भन्नेवारे स्वय प्रहरी तथा गैर सरकारी संस्थासग पनिसंगपनि तथ्याङ भने छैन ।
जिल्ला विकास समिति मोरङ एचआईभी एड्स समन्वय शाखाका अनुसार जिल्लामा करिव ६ सय यौनकर्मी महिला रहेका छन ।
होटल तथा पेय पदार्थ संघ मोरङका अध्यक्ष वलराम कारन्जितले कुनै होटल व्यवसायीले मर्याता विपरित कार्य गरेको पाएमा संगठनले आफै वा प्रहरीले कार्वाही गरे हुने वताए ।
तर अनाहाकमा आकछेप लगाएर प्रहरीले होटल व्यवसायीलाई आतकित वनाउने कार्य वन्द गर्नु पर्ने कारन्जितको भनाई छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.